global ime bank Long Banner Ad

गृहपृष्ठ यी हुन् उपचुनावका लागि सर्वसम्मत सिफारिस भएका एमाले उम्मेदवार

यी हुन् उपचुनावका लागि सर्वसम्मत सिफारिस भएका एमाले उम्मेदवार

यी हुन् उपचुनावका लागि सर्वसम्मत सिफारिस भएका एमाले उम्मेदवार

आगामी १६ मंसिरमा हुने उपचुनावमा नेकपा एमालेका सबै उम्मेदवार सर्वसम्मत भएका छन् ।

निर्वाचन विभागका अनुसार उपचुनाव हुने ४२ वटै पदमा सर्वसम्मत उम्मेदवार चयन भएका छन् । केही ठाउँमा निर्णय हुन बाँकी भए पनि उम्मेदवार टुंगिसकेको बताइएको छ ।

विभागका अनुसार मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष र दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवारबारे निर्णय हुन बाँकी छ ।

एमालेले शनिबार बोलाएको सचिवालय बैठकबाट उपचुनावका उम्मेदवार टुंग्याउदैछ । तर तल्लो कमिटीबाट सर्व सहमतिबाट नाम आएकाले सचिवालयबाट उम्मेदवारहरू अनुमोदन मात्र हुने नेताहरूको भनाई छ ।

उपचुनावका लागि काठमाडौँ कीर्तिपुर नगरपालिकाको मेयरमा केन्द्रीय सदस्य डा. सुरेन्द्र मानन्धर उम्मेदवार बनेको सूचना सार्वजनिक भइसकेको छ । मानन्धरको उम्मेदवारीबारे नगर कमिटी र जिल्ला कमिटीले सर्व सहमति गरिसकेको छ ।

मानन्धरकै जस्तो गरी पालिका र जिल्ला कमिटीबाट अरु उम्मेदवारहरू पनि टुंगिएको बताइएको छ । दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा उमा मगर शेर्पा उम्मेदवार बन्ने भएकी छन् ।

यस्तै जाजरकोट नलसिंगाड नगरपालिकाको उपमेयरमा सुनिता बोहरा र बाजुरा स्वामीकार्तिक गाउँपालिका उपाध्यक्षमा सुलोचना कुमारी भण्डारी बुढाको नाम टुंगिएको छ ।

हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षको उम्मेदवार जना शाही र रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा केशकुमारी तुलाचन उम्मेदवार बनाउने निर्णय एमालेले गरिसकेको छ ।

पालिका पदाधिकारीहरूसँगै ३४ जना वडाध्यक्षको उम्मेदवार पनि टुंगिएको छ । उनीहरूको नाम पालिका कमिटीले सर्व सहमति गरेको हो ।

सर्व सहमतिबाट आएको नामलाई शनिवारको सचिवालय बैठकले अनुमोदन गर्ने तयारी छ ।

प्रकाशित समय : १९:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु