global ime bank Long Banner Ad

गृहपृष्ठ चेम्बरले विपद् व्यवस्थापन गर्न जापानका विभिन्न संघसंस्थासँग सहकार्य गर्ने

चेम्बरले विपद् व्यवस्थापन गर्न जापानका विभिन्न संघसंस्थासँग सहकार्य गर्ने

चेम्बरले विपद् व्यवस्थापन गर्न जापानका विभिन्न संघसंस्थासँग सहकार्य गर्ने

नेपालको विपद् व्यवस्थापनमा नेपाल चेम्बर अफ कमर्सले जापानका विभिन्न संघसंस्थासँग सहकार्य गर्ने भएको छ ।

भूकम्प, बाढी, पहिरो लगायतका विपद्जन्य घटनामा विपद् व्यवस्थापन प्रतिकार्य एवं राहत र उद्धार तथा पुनर्स्थापनामा जापानका अर्बान रेजिलेन्स रिसर्च सेन्टर, ओसाका मेट्रोपोलिटिएन सिटी, युरेक तथा इभा नेपाल लगायत संघसंस्थासँग समझदारी भएको चेम्बरले जनाएको छ ।

काठमाडौँको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा विपद् व्यवस्थापन पूर्वतयारीका लागि सहकार्य सुरु भएको चेम्बरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यसका लागि जापानको प्राविधिक सहयोग एवं जनचेतनाका लागि सहकार्य गर्ने विषयमा सहमति भएको छ ।

जोखिम पूर्वतयारी तथा समग्र विपद् व्यवस्थापनका विषयमा स्थानीय स्तरमा नागरिकको प्रत्यक्ष सहभागिता हुने गरी कार्यक्रमहरू सञ्चालन गर्न लागिएको चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले जानकारी दिए ।

प्राकृतिक प्रकोपबाट नागरिकले समस्या भोगिरहेको अवस्थामा जापानका ती संघसंस्थासँग सहकार्य गरी विपद् व्यवस्थापनमा सघाउने अध्यक्ष अग्रवालले जानकारी दिए ।

चेम्बरका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले वास्तविक तथ्यांकको अभावमा पनि उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा प्रभावकारी परिणाम हासिल गर्न चुनौती रहेको बताए । जापानका विभिन्न संघ-संस्थासँगको प्राविधिक सहकार्यमा वास्तविक लगत संकलन गर्न सकिने उनले बताए ।

चेम्बरका वरिष्ठ उपाध्यक्ष दिपक मल्होत्राले विपद् व्यवस्थापनमा जानका संघसंस्थाहरूसँग चेम्बरले गर्ने सहकार्यलाई स्थानीय तहसम्म पुर्‍याइने बताए । कार्यक्रम चेम्बरले ५ वर्षअघि नै सुरु गर्ने तयारी गरे पनि कोभिडका कारण प्रभावित भएको अग्रवालले बताए ।

जापानी संघसंस्थासँगको प्राविधिक सहयोग एवं सहकार्यमा विपद् पूर्वतयारी एवं जनचेतनालाई प्रभावकारी बनाइने उनको भनाइ छ ।

अर्बान रेजिलेन्स रिसर्च सेन्टरका प्राध्यापक डा. इकुटा एसुकेले विपद् व्यवस्थापन सम्बन्धी सम्पूर्ण कार्यक्रममा बढीभन्दा बढी जनसहभागिता हुनुपर्नेमा जोड दिए ।

 

प्रकाशित समय : १९:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु