global ime bank Long Banner Ad

गृहपृष्ठ सूचनाको हकको लागि राष्ट्रिय महासंघ मधेश प्रदेशको अधिवेशन सम्पन्न

सूचनाको हकको लागि राष्ट्रिय महासंघ मधेश प्रदेशको अधिवेशन सम्पन्न

सूचनाको हकको लागि राष्ट्रिय महासंघ मधेश प्रदेशको अधिवेशन सम्पन्न

सूचनाको हकको लागि राष्ट्रिय माहासंघ मधेश प्रदेशले अजय साहको नेतृत्वमा १५ जनाको कार्यसमिती निर्वाचित गरेको छ ।

आज जनकपुरमा भएको माहासंघको प्रदेश अधिवेशनले ८ वटै जिल्लाको प्रतिनिधित्व हुनेगरी १५ सदस्य निर्वाचित गरेको हो । धनुषावाट दिवेश कुमार महतो, अनिता कुमारी यादव छन भने अध्यक्ष समेत धनुषाका नै हुन ।

त्यसैगरी महोत्तरीवाट उपाध्यक्षको नेतृत्वमा राकेश चौधरी, महिला सचिवमा आरती वुढाथोकी र सदस्यमा विशाल बस्नेत निर्वाचित भएका छन । महासचिवको नेतृत्वमा कृष्ण थपलिया छन उनी सर्लाहीवाट प्रतिनिधित्व गर्दछन ।

रौतहटवाट सदस्यमा किरण पासवान, बाराबाट सन्दिप प्रसाद यादव, पर्सावाट मनोज कुमार रौनियार, सिरहावाट महिला उपाध्यक्ष पार्वती सुब्बा, सचिवमा दिलिप सहनी, सदस्यमा निर्मला कुमारी दाहाल, बद्री कुमार यादव र सप्तरीवाट अनिल पोखरेल सदस्यमा निर्वाचित भएका छन ।

अघिल्लो कार्याकालको नेतृत्व समेत अजय साहले नै गरेका थिए ।

प्रकाशित समय : १९:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु