global ime bank Long Banner Ad

गृहपृष्ठ प्रहरीको तीनवर्षे रणनीतिक योजना सार्वजनिकः नागरिक केन्द्रित र प्रविधिमैत्री सेवा प्राथमिकतामा

प्रहरीको तीनवर्षे रणनीतिक योजना सार्वजनिकः नागरिक केन्द्रित र प्रविधिमैत्री सेवा प्राथमिकतामा

प्रहरीको तीनवर्षे रणनीतिक योजना सार्वजनिकः नागरिक केन्द्रित र प्रविधिमैत्री सेवा प्राथमिकतामा

काठमाडौँ । नेपाल प्रहरीले नागरिक केन्द्रित प्रहरी सेवा र प्रविधिमैत्री रूपान्तरणलाई मुख्य प्राथमिकतामा राखेर आगामी तीन वर्षका लागि रणनीतिक योजना सार्वजनिक गरेको छ ।

प्रहरी प्रधान कार्यालय नक्सालमा आज एक कार्यक्रमको आयोजना गरी प्रहरी सङ्गठनलाई अझै सक्षम, उत्तरदायी र भरोसायोग्य संस्थाका रूपमा स्थापित गर्ने लक्ष्यका साथ रणनीतिक योजना सार्वजनिक गरेको हो ।

कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रविधिको अधिकतम प्रयोग गरी जनतालाई छिटोछरितो सेवा गर्ने लक्ष्यका साथ २०८३र८५ रणनीतिक योजना अगाडि सारिएको बताए ।

रणनीतिक योजना केवल कागजमा सीमित नभई यसको सफल कार्यान्वयनमा सम्पूर्ण प्रहरी अधिकारी प्रतिबद्ध हुनुपर्ने उनले बताए । “हाम्रो मुख्य उद्देश्य नागरिकको विश्वास जित्नु हो, प्रविधिको अधिकतम प्रयोग गरी जनतालाई छिटो र छरितो सेवा दिनु हो,” उनले भने ।

प्रहरी महानिरीक्षक कार्कीले उक्त रणनीतिक योजनाले नेपाल प्रहरीलाई दक्षिण एसियाकै एक उत्कृष्ट र भरपर्दो सुरक्षा निकायका रूपमा स्थापित गर्ने विश्वास व्यक्त गरे । योजनाले नेपाल प्रहरीलाई समयसापेक्ष आधुनिक र नागरिकमैत्री बनाउने लक्ष्य राखेको उनले बताए ।

रणनीतिक योजनाको मुख्य विषय ‘चुस्त प्रहरी सेवा–सुरक्षित समुदाय’ रहेको छ । उक्त रणनीतिमा सातवटा रणनीतिक क्षेत्र, ३६ वटा रूपान्तरणकारी रणनीति र ९९ वटा मुख्य कार्यक्रम समेटिएका छन् ।

प्रकाशित समय : १८:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु