global ime bank Long Banner Ad

गृहपृष्ठ नेपाल समुह बिजेता हुदै साफको सेमिफाइनलमा

नेपाल समुह बिजेता हुदै साफको सेमिफाइनलमा

नेपाल समुह बिजेता हुदै साफको सेमिफाइनलमा

नेपाल समुह विजेता हुदै काठमाडौंमा जारी साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ ।

समुह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई ६-० गोल अन्तरले पराजित गर्दै नेपाल समुह विजेता बनेको हो ।

नेपालका लागि रेखा पौडेलले २ गोल गरेकी थिइन् भने सावित्रा भण्डारी, अमिषा कार्की, सबिता राना मगर र रश्मी कुमारी घिसिङले एक एक गोल गरेका थिए ।

यो जितपछि नेपालको समुह बी मा ३ खेलमा ७ अंक भएको छ र शिर्ष स्थानमा उक्लिएको छ । त्यस्तै ४ खेलमा ७ अंक नै भएको भुटान गोल अन्तरको आधारमा उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ ।

त्यसैगरी समुह बी बाट श्रीलंका र माल्दिभ्स भने बाहिरिएका छन् ।

अब नेपालले सेमिफाइनलमा समुह ए को उपविजेता भारतसँग खेल्ने छ भने भुटानले समुह ए को विजेता बंगलादेशसँग खेल्ने भएको छ ।
सेमिफाइनलका खेल २७ अक्टोबरमा हुने छन् ।

 

प्रकाशित समय : १९:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु