global ime bank Long Banner Ad

गृहपृष्ठ बैंकहरूको कमाइ चुनौतीका बाबजुद पनि गत वर्षकोभन्दा केही सुधार, वाणिज्य बैंकको कमाइ सवा १६ अर्ब

बैंकहरूको कमाइ चुनौतीका बाबजुद पनि गत वर्षकोभन्दा केही सुधार, वाणिज्य बैंकको कमाइ सवा १६ अर्ब

बैंकहरूको कमाइ चुनौतीका बाबजुद पनि गत वर्षकोभन्दा केही सुधार, वाणिज्य बैंकको कमाइ सवा १६ अर्ब

चालु आर्थिक वर्षको सुरुवात अर्थात् पहिलो त्रैमासमा बैंकहरूको कमाइ चुनौतीका बाबजुद पनि गत वर्षकोभन्दा केही सुधार गर्न सफल भएको बैंकरहरू बताउँछन् ।

एकातर्फ अबिरल वर्षाले निम्त्याएको बाढी, पहिरो, डुबान र अर्कोतर्फ दसैंको मुखमा पनि बैंकहरूले १६ अर्ब २३ करोड १९ लाख रुपैयाँ बराबरको कुल नाफा गर्न सफल भएका छन् । यो बैंकहरूले सार्वजनिक गरेका आव २०८१/८२ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसारको नाफा हो ।

अझ यसबीच खराब कर्जा नियन्त्रण नहुँदा पनि सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूले अघिल्लो आवको सोही अवधिको तुलनामा अहिलेको नाफा २०.४९ प्रतिशत हाराहारीले वृद्धि गरेका छन् । गत आवकै सोही अवधिको अपरिस्किृत तथ्यांकलाई आधार मान्दा बैंकहरूले १३ अर्ब ४७ करोड २० लाख ४५ हजार रुपैयाँ कमाएका थिए ।

यसर्थ, अर्थात् अहिलेको ३ महिनामा गत आवको भन्दा करिब २ अर्ब ७५ करोड ९८ लाख रुपैयाँ बढी नाफा हो । बैंकहरूको ब्याजआम्दानी ६ प्रतिशतले घट्दा पनि एक वर्षको अन्तरमा साढे २ अर्ब रुपैयाँभन्दा बढी नाफा वृद्धि गर्नुलाई बैंकहरूले गरेको कामलाई रामो ठान्नुपर्ने बताउँछन्, नेपाल बैंकर्स संघ (एनबीए) का अध्यक्ष सुनील केसी ।

यसबीच सबैभन्दा बढी नाफा नबिल बैंकले २ अर्ब ५ करोड रुपैयाँ कमाएको छ । यो गत आर्थिक वर्षको तुलनामा ३९.९७ प्रतिशत बढी हो । यसपछि बढी नाफा कमाउनेमा क्रमशः ग्लोबल आईएमई, नेपाल इन्भेस्टमेन्ट मेगा, प्राइम कमर्सियल, एनएमबि, एभरेष्ट, कुमारी र प्रभु बैंक छन् ।

उक्त बैंकहरूले करिब १ अर्बभन्दा बढी नाफा कमाउन सफल भएका छन् । अझ गत आर्थिक वर्षको ८८ करोड ८० लाख रुपैयाँ नोक्सानीमा रहेको कृषि विकास बैंकले अहिले १९ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । तर, यसअवधिमा सबैभन्दा कम कमाइ एनआईसी एसिया बैंकले गरेको छ । सो बैंकले ११ करोड ५ लाख रुपैयाँ मात्र कमायो ।

अझ अघिल्लो आवको तुलनामा एक दर्जनकले नाफा वृद्धि गर्न सफल भएका छन् । तर, ८ वटा बैंक नाफा भने घटेको छ । यसअवधिमा सिद्धार्थ बैंकको नाफा सबैभन्दा बढी ७९१.४३ प्रतिशतवृद्धि भएको छ । गत आव ४ करोड २८ लाख रुपैयाँ कमाएको बैंकले अहिले ३८ करोड २० लाख रुपैयाँ खुद नाफा गरेको छ । यसपछि बढी नाफा वृद्धि गर्नेमा क्रमशः लक्ष्मी सनराइज बैंक, नेपाल बैंक र कुमारी बैंक छन् ।

प्रकाशित समय : १९:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु