काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

विद्युतीय सवारीसाधनको आयात ३२% ले वृद्धि, तीन पाङ्ग्रेको हिस्सा सबैभन्दा धेरै

2.31K
shares

नेपालमा विद्युतीय सवारी साधनको आयात बढ्दो क्रममा देखिएको छ। चालु आर्थिक वर्षको तीन महिनामा पोहोरको सोही अवधिको तुलनामा विद्युतीय सवारीसाधनको आयात ३२ प्रतिशतले बढेको छ।

चालु आवको तीन महिनामा १० हजार ८०१ युनिट कार, जीप, भ्यान, दुई पाङ्ग्रे, तीन पाङ्ग्रे र अन्य चार पाङ्ग्रे कमर्सियल विद्युतीय सवारीसाधन आयात भएका छन्। गत वर्ष सोही अवधिमा ७ हजार २८८ युनिट इभी आयात भएका थिए। यो वर्ष आयात भएका इभीमध्ये ५ हजार २०२ युनिट तीन पाङ्ग्रे र २ हजार ५६८ युनिट दुई पाङ्ग्रे हुन्।

तीन महिनामा ६ अर्ब ११ करोड ६० लाख रुपैयाँ बराबरका २ हजार ५१८ युनिट विद्युतीय कार, जीप र भ्यान आयात भएका छन्। यसबाट सरकारले ३ अर्ब ७४ करोड ५४ लाख रुपैयाँ राजस्व संकलन गरेको छ।

गत वर्ष सोही अवधिमा ५ अर्ब १७ करोड ७१ लाख रुपैयाँ बराबरका २ हजार १३५ युनिट विद्युतीय कार, जीप र भ्यान आयात भएका थिए।

यसपालि असोजमा २ अर्ब २८ करोड ८५ लाख रुपैयाँ बराबरका ९१६ युनिट विद्युतीय कार, जीप र भ्यान आयात भएका छन्। यसबाट सरकारले १ अर्ब ४३ करोड ३२ लाख रुपैयाँ राजस्व संकलन गरेको छ।

चालु आवमा चीनबाट १ हजार ७६५ युनिट विद्युतीय कार, जीप र भ्यान आयात भएका छन्। तीमध्ये असोजमा ६४० युनिट आयात गरिएका हुन्। असोज दोस्रो साताको बाढीले चीनतर्फका दुवै नाका ठप्प रहेकाले चिनियाँ इभीको आयात प्रभावित हुन पुगेको छ।

तीन महिनामा भारतबाट ७४७ युनिट विद्युतीय कार, जीप र भ्यान आयात भएका छन्। २७२ युनिट असोजमा आयात भएका हुन्। गत वर्ष भारतबाट १ हजार ७३ युनिट विद्युतीय कार जीप र भ्यान आयात भएका थिए।