काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

द ग्रेट हिमालयन ओडिसीः लद्दाखमा बजाज डोमिनारको पहिलो मोटरसाइकलयात्रा

3.95K
shares

बजाज डोमिनार ४०० राइडरहरुको ९ जनाको टोलीलद्दाखको २० दिनेयात्रामा निस्किएको छ । यो टोली ५,८८३ मिटर (१९,३०० फीट) उचाइमा रहेको विश्वको सबैभन्दाअग्लो मोटरेवल सडकउम्लिङ लाको भ्रमणमा निस्किएको हो ।

“द ग्रेट हिमालयन ओडिसी”नाम दिइएको यो विशाल मोटरसाइकल यात्राले ६,००० किलोमिटर भन्दा बढीको दूरी पुरा गर्नेछ । बजाज डोमिनार ४०० को यो लद्दाख यात्रा हिजो बिहान नक्साल स्थित बाइक र्सक्याफेबाट सुरु भएको हो ।

यो अभियान देशको मोटरसाइकल संस्कृतिमा एउटा महत्वपूर्ण कोसेढुङ्गा सावितको साथै मोटरसाइकल राईडरहरु र मोटरसाइकल दुवैको सहनशीलता र लचिलोपनको प्रमाण हुनेकम्पनीले विश्वास लिएको छ ।

बजाज मोटरसाइकलका मार्केटिङ हेडअमित राजचालिसेले आफ्नो उत्साह व्यक्तगर्दै भनेः “हाम्राबजाज डोमिनार राइडरहरूले यो ठूलोचुनौतीको सामना गरेको देखेर हामीधेरै खुसीभएकाछौं । विश्वको सबैभन्दा अग्लो मोटरेवल सडकबाट पुग्न सकिने उम्लिङ लामापुग्नु डोमिनार ४०० को स्थायित्व रयी सवारहरूको साहस र आत्मवलको प्रशंसा गर्नैपर्छ । हामी टोलीलाई उनीहरूका मोटरसाइकल प्रतिविश्वास राख्न र सीमाहरू पार गर्दै यो क्रस–कंट्री साहसिककार्य सफल बनाउनको लागि शुभकामना व्यक्त गर्न चाहन्छौँ ।

यस अभियानको नेतृत्व टोलीका कप्तान मनिष देवकोटाले गरेका छन्, जसले आफ्नो भावनायसरी बाँडे,“उम्लिङ लापुग्नु धेरै राइडरहरूको लागि सपनाथियो र यो हाम्रो सपना आखिरमा साकार हुँदैछ । हामी अगाडि आउने चुनौतीहरूको लागितयार छौं र हाम्रो डोमिनार मोटरसाइकल र हाम्रो सवारी कौशलमा हामीलाई पूर्ण विश्वास छ । यो केवल एक यात्रामात्र होइन, साहस र जोशको बयानपनिहो। यहाँहरू सबैको अटल समर्थन र प्रोत्साहनको लागि धन्यवाद छ ।”

यो अभियान बजाज डोमिनार ४०० मोटरसाइकलको पराक्रम र नेपाली सवारहरूको दृढ सङ्कल्पको शक्तिशाली प्रदर्शन हो। यो हिमालयको चुनौतिपूर्ण भू–भागहुँदै विश्वको सबैभन्दाअग्लो मोटरेवल सडकपुग्न सकिने स्थान सम्मको यात्रा सहनशीलता, सीप र साहसिककार्यको प्रेरणादायी कार्य हुनेछ ।

द ग्रेट हिमालयन ओडिसी यही १५ अक्टोबर २०२४ मा सुरु भएको छ र यसले नेपालको सम्पूर्ण मोटरसाइकल समुदायलाई गौरव प्रदान गर्ने बताएको छ ।