global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ एयर इन्डियाको विमानमा बमको धम्की, दिल्लीमा अवतरण

एयर इन्डियाको विमानमा बमको धम्की, दिल्लीमा अवतरण

एयर इन्डियाको विमानमा बमको धम्की, दिल्लीमा अवतरण

मुम्बईबाट न्यूयोर्कका लागि उडेको एयर इन्डियाको विमानमा बम रहेको चेतावनीपछि नयाँ दिल्लीमा अवतरण गराइएको छ ।

२३९ यात्रू रहेको विमानमा बम रहेको थ्रेटपछि दिल्लीमा डाइभर्ट गरिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । दिल्ली एयरपोर्टमा अवतरण गरेर तलासी लिदा विमानमा केहि नभेटिएको बताइएको छ ।

सबै यात्रु सकुशल रहेको र थप अनुसन्धान भइरहेको अधिकारीहरुले जनाएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

यस विषयमा दिल्ली पुलिसले एक बयान पनि जारी गर्दै विमान हाल दिल्ली विमानस्थलमा रहेको, यात्रु र चालक दलको सुरक्षा सुनिश्चित गर्न सबै मानक सुरक्षा प्रोटोकलहरू पछ्याइएको जानकारी दिएको छ ।

यसअघि अगस्टमा मुम्बईबाट आएको एयर इन्डियाको विमानमा बमको धम्की आएको थियो । विमानको शौचालयमा टिस्यु पेपरमा ‘उडानमा बम छ’ लेखिएको सन्देश भेटिएको थियो ।

 

प्रकाशित समय : १०:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु