गृहपृष्ठ महालक्ष्मी विकास बैंकको स्मार्ट साथी सञ्चालनमा
महालक्ष्मी विकास बैंकको स्मार्ट साथी सञ्चालनमा
महालक्ष्मी विकास बैंकले हालको मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै ‘महालक्ष्मी स्मार्ट साथी’ सञ्चालनमा ल्याएको छ । डिजिटल बैंकिङ्ग सेवाहरूको रूपान्तरणकारी परिवर्तन स्वरूप परम्परागत रुपमा उपलब्ध सेवाहरूमा थप विस्तार गरिएको हो ।
अब ग्राहकहरूले सामान्य बैंकिङ एप भन्दा महालक्ष्मी स्मार्ट साथीमार्फत रियल टाइममा नै ८ लाख रूपैयाँसम्म मुद्दती धितो कर्जाको सुविधा पाउने छन् । यस्तो सुविधा प्रदान गर्नेमा महालक्ष्मी विकास बैंक नेपालमा विकास बैंकमा नै पहिलो बैंक बनेको छ ।
यस एपको सुरुवात सँगै ग्रामीण तथा अर्ध शहरी क्षेत्रमा बैंकिङ सेवाहरूको पहुँचमा वृद्धि गर्न, वित्तीय समावेशीकरणलाई बढवा दिन, प्रत्यक्ष रूपमा बैंकमा उपस्थित हुनुपर्ने बाध्यतालाई न्यूनीकरण गर्न टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।
उक्त मोबाइल एप्लिकेशनल प्रयोगकर्ताको मोबाइलमा स्वयं स्वचालित रूपमा अपडेट हुनेछ । उक्त एप्लिकेशन एप्पल स्टोर र प्ले स्टोर पनि उपलब्ध छ ।
प्रकाशित समय : १४:३० बजे


















