गृहपृष्ठ आज र भोलि सशस्त्र प्रहरीको नि:शुल्क बस सेवा
आज र भोलि सशस्त्र प्रहरीको नि:शुल्क बस सेवा
बडादसैँको अवसरमा यात्रुहरूको सहजताको लागि सशस्त्र प्रहरी बलले शुक्रबार र शनिबारका लागि काठमाडौंको रिङरोडमा नि:शुल्क बस सेवा सञ्चालन गरेको छ ।
आज बिहान ६ बजेबाट सुरु भएको नि:शुल्क बस सेवा अन्तर्गत एउटा बस प्रधान कार्यालयबाट कलङ्की, सातदोबाटो, कोटेश्वर, गौशाला , महाराजगन्ज, बालाजु रुटमा सञ्चालन गरिएको छ । अर्को बस प्रधान कार्यालयबाट बालाजु, महाराजगन्ज, गौशाला, कोटेश्वर, सातदोबाटो, कलङ्की रुटमा सञ्चालन गरिएको छ ।
चाडपर्वको समयमा सार्वजनिक गाडी कम गुड्ने भएकोले सर्वसाधारणको सुविधाको लागि बस सञ्चालन गरिएको सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । बडादसैँको अवसरमा यस अघिका वर्षमा पनि काठमाडौंमा सशस्त्र प्रहरी बलले निःशुल्क बस सेवा सञ्चालन गरेको थियो ।
प्रकाशित समय : १४:२१ बजे

















