global ime bank Long Banner Ad

गृहपृष्ठ बाढीपहिरोबाट सार्वजनिक यातायातमा ७३ करोड रुपैयाँ बराबरको क्षति

बाढीपहिरोबाट सार्वजनिक यातायातमा ७३ करोड रुपैयाँ बराबरको क्षति

बाढीपहिरोबाट सार्वजनिक यातायातमा ७३ करोड रुपैयाँ बराबरको क्षति

लगातारको वर्षाका कारण सार्वजनिक यातायातको क्षेत्रमा झन्डै ७३ करोड रुपैयाँ बराबरको क्षति भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले दिएको जानकारीअनुसार ७२ करोड ९८ लाख ८० हजार रुपैयाँ बराबरको क्षति भएको हो ।

क्षति भएकामध्ये पश्चिम नेपाल यातायात बस व्यवसायी प्रा.लिको ११ करोड ८८ लाख ८० हजार, नमस्ते नेपाल यातायात व्यवसायी प्रा.लिको दुई करोड ८५ लाख, गोरखा दरौँदी यातायात सेवा कम्पनीको ६० लाख बराबरको क्षति भएको महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले जानकारी दिए।

यस्तै बाग्मती टिपर व्यवसायी सङ्घको २७ करोड, नेपाल ट्रक टिपर व्यवसायी सङ्घको २० करोड, महाकाली व्यवसायी बहुउदेश्यीय कम्पनी प्रा.लिको छ करोड ६५ लाख र रसुवागढी नाकामा चार करोड बराबरको क्षति भएको छ ।

महासङ्घका महासचिव डेकनाथ गौतमले देशभर सार्वजनिक यातायात क्षेत्रमा भएको क्षतिको विवरण सङ्कलन गरेर हिजो गृह मन्त्रालय र यातायात व्यवस्था विभागमा बुझाइएको छ ।

प्रकाशित समय : ११:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु