गृहपृष्ठ विपद् व्यवस्थापनमा ३ वटा संघसंस्थाद्वारा ३ करोड ३१ लाखभन्दा बढी आर्थिक सहयोग, प्रधानमन्त्रीको कार्यालयद्वारा आभार प्रकट

विपद् व्यवस्थापनमा ३ वटा संघसंस्थाद्वारा ३ करोड ३१ लाखभन्दा बढी आर्थिक सहयोग, प्रधानमन्त्रीको कार्यालयद्वारा आभार प्रकट

विपद् व्यवस्थापनमा ३ वटा संघसंस्थाद्वारा ३ करोड ३१ लाखभन्दा बढी आर्थिक सहयोग, प्रधानमन्त्रीको कार्यालयद्वारा आभार प्रकट

देशमा हालै देखा परेको विनाशकारी विपद् व्यवस्थापनका लागि तीन वटा संघसंस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सवा तीन करोडभन्दा बढी आर्थिक सहयोग गरेका छन्। बाढी, पहिरो र डुबानका कारण उत्पन्न संकटमा प्रभावित नागरिकहरूको तत्काल राहत, उद्धार तथा पुनःस्थापनाका लागि विभिन्न संघसंस्थाहरूले सहयोगको हात अघि बढाएका हुन्।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राष्ट्रिय वाणिज्य बैंकले २ करोड रुपैयाँ, भाटभटेनी सुपरमार्केटले १,११,११,१११ रुपैयाँ र युनिलिभर नेपाल लिमिटेडले २० लाख रुपैयाँ सहयोग गरेका छन्। यसरी कुल ३ करोड ३१ लाख ११ हजार १११ रुपैयाँको सहयोग प्राप्त भएको छ।

यस आर्थिक सहयोगले विपद् व्यवस्थापनमा महत्त्वपूर्ण योगदान पुगेको र अन्य संघसंस्थाहरूबाट पनि उल्लेखनीय सहयोग भइरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

देशका विभिन्न भूभागमा अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानले ठूलो जनधनको क्षति पुर्‍याएको छ। यस विपद्को घडीमा राष्ट्रको एकता र सहयोगको आवश्यकतालाई जोड दिँदै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सहयोगी संघसंस्थाहरूलाई हार्दिक आभार व्यक्त गरेको छ। साथै, दिवङ्गत व्यक्तिहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै, शोकाकुल परिवारजनप्रति गहिरो समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विपद् व्यवस्थापनमा जुटेका सबैप्रति कृतज्ञता व्यक्त गर्दै, आम नागरिकलाई सुरक्षित रहन र सावधानी अपनाउन विशेष अपिल गरेको छ।

 

प्रकाशित समय : ०७:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु