नेपाल र चीनबीच शताब्दीयौँदेखिको ऐतिहासिक सम्बन्ध रहँदै आएको छः मन्त्री गुरुङ
वि.सं.२०८१ असोज १० बिहीवार २०:१७
shares

सञ्चार तथा सूचना प्रविधिमन्त्री पुथ्वीसुब्बा गुरुङले नेपाल र चीनबीच शताब्दीयौँदेखिको ऐतिहासिक, धार्मिक, सांस्कृतिक, आर्थिक र सामाजिक सम्बन्ध रहँदै आएको बताए ।
साउथ एसिया नेटवर्क टेलिभिजनद्वारा आज यहाँ आयोजित तेस्रो चीन–नेपाल मिडिया शिखर सम्मेलनमा उनले नेपाल र चीनबीच औपचारिक कूटनीतिक सम्बन्ध सन् १९५५ मा सुरु भए तापनि दुई देशबीच शताब्दीयौँदेखिको सम्बन्ध रहँदै आएको उल्लेख गरे ।
उनले भने, “आज हाम्रो सम्बन्ध समानता, सार्वभौमसत्ता र पारस्परिक लाभका सिद्धान्तमा आधारित रही थप सुदृढ भएको छ । पूर्वाधार र प्रविधिका क्षेत्रमा सहकार्यदेखि सांस्कृतिक र शैक्षिक आदानप्रदानसम्म, हाम्रो सम्बन्ध विभिन्न क्षेत्रमा फैलिनेक्रम जारी छ ।”
मन्त्री गुरुङले दुई देशबीचको सम्बन्धलाई थप उचाइमा पु९याउन समय समयमा दुईदेशका राष्ट्रप्रमुख एवं उच्चस्तरीय भ्रमण नियमित रुपमा भइरहेको उल्लेख गर्दै यस प्रकारको भ्रमणले नेपाल र चीनबीचको शताब्दीयौँदेखिको मैत्रीपूर्ण सम्बन्ध झन् विकसित भइरहेको बताए ।
“डिजिटल रूपान्तरण, नवप्रवर्तन र मिडिया टेक्नोलोजीको पूर्वाधार विकास र ज्ञानको आदानप्रदानलगायत क्षेत्रमा सहकार्य हाम्रा दुई राष्ट्रहरूको भविष्यका लागि महत्वपूर्ण छ”, उनले भने, “म विश्वस्त छु कि यस शिखर सम्मेलनले दुवै देशका सञ्चारकर्मीका लागि पारस्परिक लाभ, ज्ञान आदानप्रदान र अवसरको नयाँ ढोका खोल्नेछ ।”

























