गृहपृष्ठ सेक्युर्ड सेक्युरिटिजद्वारा ६२ प्रतिशत लाभांश घोषणा

सेक्युर्ड सेक्युरिटिजद्वारा ६२ प्रतिशत लाभांश घोषणा

सेक्युर्ड सेक्युरिटिजद्वारा ६२ प्रतिशत लाभांश घोषणा

सेक्युर्ड सेक्युरिटिजले लगानीकर्ताका लागि ६२ प्रतिशत लाभांश घोषणा गरेको छ।

गत आर्थिक वर्ष ०८०/८१ को नाफाबाट ५० प्रतिशत बोनस सेयर र करसहित १२ प्रतिशत नगद लाभांश घोषणा गरिएको हो। प्रस्तावित लाभांश आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन्।

कम्पनीले साधारणसभा कात्तिक ८ गते आह्वान गरिएको छ। सभा कम्पनीको रजिस्टर्ड कार्यालय प्रदर्शनीमार्ग, काठमाडौंमा दिउँसो साढे ४ बजेबाट सुरु हुनेछ । सभाले बोनस शेयर वितरणपछि चुक्तापुँजी बढ्ने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा प्रशोधन गर्नेछ ।

वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्ने, चालू आवका लागि लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि साधारणसभाका एजेण्डा छन्।

प्रकाशित समय : १३:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु