global ime bank Long Banner Ad

गृहपृष्ठ युक्रेन समर्थक अभियन्ता थिए ट्रम्पको हत्या प्रयास गर्ने व्यक्ति

युक्रेन समर्थक अभियन्ता थिए ट्रम्पको हत्या प्रयास गर्ने व्यक्ति

युक्रेन समर्थक अभियन्ता थिए ट्रम्पको हत्या प्रयास गर्ने व्यक्ति

आइतबार अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या प्रयास भयो । यसका आरोपी युक्रेन समर्थक अभियन्ता भएको खुलासा भएको छ ।

सीबीएस लगायत अमेरिकी सञ्चारमाध्यमले छापेको समाचारअनुसार सन्दिग्ध ५८ वर्षका र्यान वेस्ले रुथ हुन् । रुससँगको युक्रेनी युद्धमा विदेशी लडाकुलाई भर्ती गराउन उनले प्रयास गरेका थिए । उनी किभ पनि गइसकेका छन् ।

आइतबार फ्लोरिडास्थित ट्रम्प इन्टरनेशनल गल्फकोर्समा ट्रम्पले गल्फ खेलिरहेको समयमा उनलाई मार्ने प्रयास भएको थियो । झाडीबाट गल्फकोर्सतिर एके–४७ शैलीको बन्दुक तेर्स्याइरहेको देखेपछि सेक्रेट सर्भिसका एजेन्टहरूले गोली हानेका थिए । -एजेन्सी

प्रकाशित समय : १२:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु