global ime bank Long Banner Ad

गृहपृष्ठ ‘बालबालिकाको व्यक्तित्व विकास गर्न बाल दिवसले प्रेरणा दिन सकोस्’

‘बालबालिकाको व्यक्तित्व विकास गर्न बाल दिवसले प्रेरणा दिन सकोस्’

‘बालबालिकाको व्यक्तित्व विकास गर्न बाल दिवसले प्रेरणा दिन सकोस्’

बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बालबालिकाको समग्र व्यक्तित्व विकासका लागि राष्ट्रिय बाल दिवसले थप प्रेरणा प्रदान गर्न सकोस् भनी कामना गरेका छन्  । आज मनाइँदै गरिएको ६०औँ बाल दिवसको अवसरमा उनले एक सूचना जारी गर्दै बालबालिकाको उचित पालनपोषण, शिक्षा, समग्र व्यक्तित्व विकास गर्न आवश्यक अवसर र सुविधाको व्यवस्था गर्नुपर्ने बताए ।

प्रदेश प्रमुख देवकोटाद्वारा जारी सन्देशमा नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकका रुपमा सुनिश्चित गरी आवश्यक नीति, कानुन र संस्थागत संरचना निर्माण गरेको उल्लेख गरिएको छ ।

उनले बालअधिकारका सम्बन्धमा व्यवस्था गरिएका संवैधानिक एवं कानुनी प्रावधानको प्रभावकारी कार्यान्वयन गर्न तीनै तहका सरकार, गैरसरकारी सङ्घसंस्था, नागरिक समाज, अभिभावक, विद्यालयलगायत अन्य सरोकार भएका निकायबीच सहकार्य हुनुपर्नेमा जोड दिए ।

राज्यबाट संवैधानिक, नीतिगत, कानुनी र संस्थागत प्रयास हुँदाहुँदै कतिपय बालबालिका अझै पनि बाँच्न पाउने अधिकार, संरक्षण पाउने अधिकार, विकास र सहभागिताको आधारभूत अधिकारबाट वञ्चित रहेका जनाउँदै प्रदेश प्रमुख देवकोटाले बालअधिकारको सम्बन्धमा विद्यमान संवैधानिक र कानुनी प्रावधानको प्रभावकारी कार्यान्वयन गर्न सबै एकजुट भएर अघि बढ्नुपर्ने दायित्व रहेको बताए ।

प्रकाशित समय : १३:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु