global ime bank Long Banner Ad

गृहपृष्ठ जलविनायकमा गणेश चतुर्थीको मेला भर्ने भक्तजनको घुइँचो

जलविनायकमा गणेश चतुर्थीको मेला भर्ने भक्तजनको घुइँचो

जलविनायकमा गणेश चतुर्थीको मेला भर्ने भक्तजनको घुइँचो

काठमाडौँको उत्तरी भेगस्थित चोभारको जलविनायकमा गणेश चतुर्थीको मेला लागेको छ । विघ्नबाधा हटाउने गणेशको पूजाआराधना तथा दर्शन गर्न काठमाडौँ उपत्यकाका साथै आसपासका क्षेत्रबाट भक्तजनको घुइँचो लागेको हो ।

हिन्दू धर्मावलम्बीले गणेशको जन्मदिनका रुपमा आजको दिनलाई विशेष पर्व मानेर मनाउने प्रचलन छ । गणेश चतुर्थीका दिन मनाइने यस पर्वलाई गणेश चौँथी पनि भनिन्छ । आजको दिन भक्तजनले पवित्र तलाउ, कुण्डमा स्नान गरी गणेशलाई दर्शन गरेर व्रत बस्ने, फलफूल चढाएर वरपर क्षेत्रमा परिक्रममा गर्ने प्रचलन छ ।

वैदिक धर्मावलम्बीले कुनै पनि पूजा तथा शुभकार्य गर्दा गणेशलाई अग्र स्थानमा विराजमान गराई पहिलो पूजा गर्नेरगराउने गर्दछन् । यसो गर्नाले मनोकाङ्क्षा पूरा हुने, पारिवारिक सुख, शान्ति तथा कल्याण हुने जनविश्वास रहेको मन्दिरका पूजारी अनिश श्रेष्ठले बताए ।

काठमाडौँ उपत्यकाका महत्वपूर्ण चार विनायकमध्ये सनातन धर्मावलम्बीको पवित्र तीर्थस्थलका रुपमा जलविनायकलाई लिइन्छ । महादेव र पार्वतीको सन्तानका रुपमा जन्मिनुभएका गणेशको दर्शन तथा तीर्थ गरेमा पुण्य सञ्चय हुने विश्वास रहेको मन्दिरका पूजारी श्रेष्ठले जानकारी दिए । गणेशको रथयात्रा गरिने भएकाले यसमा सहभागी हुन उल्लेख्य रुपमा भक्तजन आउने गरेको छन् ।

प्रकाशित समय : १४:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु