global ime bank Long Banner Ad

गृहपृष्ठ मर्स्याङ्दी नदीमा बस खस्दा मृत्यु हुनेको संख्या २७ पुग्यो, पोस्टमार्टम गरेर शव बुझाइने

मर्स्याङ्दी नदीमा बस खस्दा मृत्यु हुनेको संख्या २७ पुग्यो, पोस्टमार्टम गरेर शव बुझाइने

मर्स्याङ्दी नदीमा बस खस्दा मृत्यु हुनेको संख्या २७ पुग्यो, पोस्टमार्टम गरेर शव बुझाइने

तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ ऐना पहरा नजिकैबाट मर्स्याङ्दी नदीमा बस खसेर मृत्यु भएका भारतीय नागरिकको पोखरामा पोस्टमार्टम गरेर परिवारलाई शव बुझाइने भएको छ ।

४३ जना भारतीय पर्यटक सवारी बस ऐना पहरा नजिकैबाट मर्स्याङ्दी नदीमा खस्दा मृत्यु हुनेको संख्या २७ जना पुगेको छ । १६ जनालाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा मृत्यु भएका २७ जना शवको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टम गरेर आफन्त तथा परिवारलाई बुझाइने छ ।

प्रकाशित समय : २०:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु