गृहपृष्ठ पार्टीलाई लोकप्रिय बनाउने गरी काम गर्छुः नेता सिंह
पार्टीलाई लोकप्रिय बनाउने गरी काम गर्छुः नेता सिंह
नेपाली कांग्रेसका नेता एवं उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले सरकारमा रहँदा पार्टीलाई लोकप्रिय बनाउने गरी काम गर्ने बताएका छन ।
कांग्रेस केन्द्रीय समिति बैठकमा आज धारणा राख्दै उहाँले पार्टीको प्रतिष्ठा बढाउने र लोकप्रिय बनाउने गरी काम गर्ने बताए । उनले पार्टीका नेता तथा कार्यकर्तालाई सरकारलाई सफल बनाउन रचनात्मक सल्लाह र सुझाव दिन पनि आग्रह गरे । उपप्रधानमन्त्री सिंहको नेतृत्वमा कांग्रेस वर्तमान सरकारमा सहभागी छ ।
“पार्टीले जिम्मा दिएर सरकारमा पठाएको छ । पार्टी र पार्टीका साथीहरुको शीर उच्च हुने गरी काम गर्नेछु,” उपप्रधानमन्त्री सिंहलाई उद्धृत गर्दै उहाँको सचिवालयले जनाएको छ ।
फरक सन्दर्भमा उपप्रधानमन्त्री सिंहले पार्टीमा लोकप्रिय भएसम्म पार्टीको आन्तरिक चुनाव र जनतामा लोकप्रिय भएसम्म आमनिर्वाचन लड्न पाउनुपर्ने मत राखे ।
प्रकाशित समय : २०:३१ बजे



















