global ime bank Long Banner Ad

गृहपृष्ठ माओवादी बैठकः जनपरिचालनका कार्यक्रम तय गर्न पार्टी नेतृत्वलाई सुझाव

माओवादी बैठकः जनपरिचालनका कार्यक्रम तय गर्न पार्टी नेतृत्वलाई सुझाव

माओवादी बैठकः जनपरिचालनका कार्यक्रम तय गर्न पार्टी नेतृत्वलाई सुझाव
नेकपा ९माओवादी केन्द्र०का नेताहरुले सङ्गठन विस्तारलाई विशेष ध्यान दिन एवं प्रभावकारी तवरले जनपरिचालनका कार्यक्रम तय गर्न पार्टी नेतृत्वलाई सुझाव दिए  ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको उपत्यका विशेष प्रदेश र सम्पर्क समन्वय प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको परामर्श बैठकमा आफ्नो धारणा राख्दै नेताहरुले पार्टीभित्र आन्तरिक एकतालाई सुदृढ गरेर संगठन विस्तारलाई ध्यान दिनुपर्नेमा जोड दिए ।
आजको बैठकमा नेताहरु झक्कु सुवेदी, श्रीकृष्ण अधिकारी, विष्णु सापकोटा, लेखनाथ न्यौपानेलगायत नेताहरुले पार्टीको पछिल्लो अवस्था, संगठन विस्तार एवम् आन्तरिक एकतामा जोड दिए ।
बैठकलाई सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई बलियो बनाउनका लागि खुल्ला छलफल भएको र त्यसलाई अन्यथा रुपमा लिन नहुने बताए  । उनले अब व्यापक रुपमा पार्टी निर्माणतिर जाने र समाजवादी धारका शक्तिलाई सहकार्यको बाटो पहिल्याउने गरी अग्रसर हुने बताए ।
बैठकमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपाध्यक्षद्वय पम्फा भुसाल, अग्निप्रसाद सापकोटा, महासचिव देवप्रसाद गुरुङ, उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा र नेता हितमान शाक्यलगायतको उपस्थिती थियो ।

प्रकाशित समय : २०:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु