गृहपृष्ठ मुलुकको अग्रगतिका लागि अहिलेको सरकार बनेको हो : मन्त्री भण्डारी
मुलुकको अग्रगतिका लागि अहिलेको सरकार बनेको हो : मन्त्री भण्डारी
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वर्तमान सरकार मुलुकको अग्रगतिका लागि बनेको बताएका छन् । स्थिर सरकार नबन्दा जनतामा बढेको निराशा चिर्न वर्तमान गठबन्धन सरकार बनेको उनको भनाइ छ ।
वैदेशिक रोजगार विभागले आज महोत्तरीको बर्दिबासमा आयोजना गरेको रोजगार अनुमति प्रणाली ९इपिएस० सम्बन्धी छलफल कार्यक्रममा उनले वर्तमान गठन्धनको सरकार बनेदेखि नै जनतामा अब राजनीतिक स्थायित्व हुने आशा जागेको पनि उल्लेख गरे । “जनतामा एउटा भरोसा जागेको छ, अब सरकार र राजनीतिक दलले त्यो भरोसालाई विश्वासमा परिणत गरेर देखाउनुपर्छ,” मन्त्री भण्डारीले भने ।
कार्यक्रममा इपिएसमार्फत दक्षिण कोरिया जान चाहने नेपाली नागरिकका लागि अनिवार्य मानिने कोरियन भाषा परीक्षा र यससँग जोडिएका प्रक्रियाबारे श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले जानकारी गराए ।
प्रकाशित समय : १९:४३ बजे



















