गृहपृष्ठ देशभर २४.९ प्रतिशत धान रोपाइँ, पर्याप्त वर्षा नहुँदा समस्या
देशभर २४.९ प्रतिशत धान रोपाइँ, पर्याप्त वर्षा नहुँदा समस्या
काठमाडौं । देशभर चालु आर्थिक वर्ष २०८३र८४ को धान रोपाइँ असार १९ गतेसम्म २४।९ प्रतिशत सम्पन्न भएको छ ।
कृषि, वन तथा पर्यावरण मन्त्रालयका अनुसार कुल १३ लाख ७० हजार ६२ हेक्टर धान खेती हुने क्षेत्रफलमध्ये ३ लाख ४१ हजार २०९।४६ हेक्टरमा रोपाइँ सम्पन्न भएको हो ।
प्रदेशगत विवरणअनुसार कोशी प्रदेशमा २ लाख ७६ हजार ३८६।७३ हेक्टरमध्ये ४२ हजार ३५७।९६ हेक्टर ९१५।३३ प्रतिशत० क्षेत्रमा धान रोपाइँ भएको छ ।
मधेश प्रदेशमा ३ लाख ८५ हजार ९३३ हेक्टरमध्ये ६० हजार ३४६।०६ हेक्टर (१५।६४ प्रतिशत) क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ ।
बागमती प्रदेशमा १ लाख १४ हजार ५२४।४ हेक्टरमध्ये ३८ हजार २६।१७ हेक्टर ९३३।२१ प्रतिशत० क्षेत्रमा धान रोपाइँ भएको मन्त्रालयले जनाएको छ ।
गण्डकी प्रदेशमा ९३ हजार ६०६ हेक्टरमध्ये ३५ हजार ८८१।४ हेक्टर (३८।३३ प्रतिशत) क्षेत्रमा धान रोपाइँ सम्पन्न भएको छ ।
लुम्बिनी प्रदेशमा ३ लाख १ हजार ३७२ हेक्टरमध्ये ६२ हजार ६७०।८७ हेक्टर (२०।८० प्रतिशत) क्षेत्रमा धान रोपाइँ भएको छ ।
कर्णाली प्रदेशमा ४३ हजार २९० हेक्टरमध्ये १२ हजार १८५ हेक्टर (२८।१५ प्रतिशत) क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ ।
सबैभन्दा बढी प्रगति सुदूरपश्चिम प्रदेशमा देखिएको छ । त्यहाँ १ लाख ५४ हजार ९५० हेक्टरमध्ये ८९ हजार ७४२ हेक्टर (५७।९२ प्रतिशत) क्षेत्रमा धान रोपाइँ सम्पन्न भएको मन्त्रालयले जनाएको छ ।
गत वर्षको सोही अवधिसम्म भने देशभर १३ लाख ८३ हजार ७३२।९८ हेक्टर धान खेतीयोग्य क्षेत्रफलमध्ये ६ लाख २३ हजार १०४।४७ हेक्टर अर्थात् ४५।०३ प्रतिशत क्षेत्रमा धान रोपाइँ सम्पन्न भएको थियो ।
यस वर्ष भने मनसुन ढिलो सक्रिय हुनु र पर्याप्त वर्षा हुन नसक्दा गत वर्षको तुलनामा धान रोपाइँको गति सुस्त रहेको देखिएको मन्त्रालयको तथ्यांकले जनाएको छ
प्रकाशित समय : १२:२२ बजे



















