गृहपृष्ठ ज्यानू–वसन्तराज मिश्र फाउण्डेशनको पुरस्कार तीन जनालाई
ज्यानू–वसन्तराज मिश्र फाउण्डेशनको पुरस्कार तीन जनालाई
स् ज्यानू–वसन्तराज मिश्र फाउण्डेशनले समाजका विभिन्न क्षेत्रमा सकारात्मक योगदान गर्ने व्यक्तिहरूलाई विभिन्न तीन विद्यामा पुरस्कृत गर्ने भएको छ ।
फाउण्डेशनले हरेक वर्ष वातावरण संरक्षण पुरस्कार, दुर्गादेवी मिश्र शिक्षा पुरस्कार र ज्यानू–वसन्तराज मिश्र पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय गरेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । जनही रु ३ लाखको सो पुरस्कार यही भदौ १३ गते प्रदान गरिने आयोजकले जनाएको छ ।
फाउण्डेशनका अध्यक्ष वरिष्ठ पर्यटन व्यवसायी वसन्तराज मिश्रले समाजका विभिन्न क्षेत्रमा सकारात्मक योगदान दिने व्यक्ति तथा संस्थाहरूलाई प्रत्येक वर्ष तीन क्षेत्रमा पुरस्कार प्रदान गरिने बताए । फाउण्डेशनले सामाजिक कार्य, पर्यावरण, शिक्षा, कलासाहित्य, पत्रकारिता तथा अन्य क्षेत्रमा अनुसन्धान र विकास कार्य गर्ने र त्यस क्षेत्रमा कार्यरत व्यक्ति तथा संस्थालाई सहयोग गर्ने उद्देश्य लिएको उनले जानकारी दिए ।
पूर्वप्रधान न्यायाधीश कल्याण श्रेष्ठले फाउण्डेशनले दिने पुरस्कारको महत्त्व र गरिमालाई ध्यान दिएर देश समाजमा महत्त्वपूर्ण योगदान दिने व्यक्तिलाई पुरस्कृत गरिनुपर्नेमा जोड दिए । फाउण्डेशनले पुरस्कारभन्दा माथि उठेर अनुसन्धान र नवप्रवर्तनमा विशेष ध्यान दिएर आगामी दिनमा काम गर्नुपर्ने उनले सुझाए । पत्रकार प्रतीक प्रधानले फाउण्डेशनले प्रदान गर्ने पुरस्कारलाई पारदर्शी र विवादरहीत बनाइने विश्वास व्यक्त गरे ।
प्रकाशित समय : १९:३५ बजे



















