global ime bank Long Banner Ad

गृहपृष्ठ ‘सूचनाको दुरुपयोग भए ठूलो क्षति हुन्छ’

‘सूचनाको दुरुपयोग भए ठूलो क्षति हुन्छ’

‘सूचनाको दुरुपयोग भए ठूलो क्षति हुन्छ’

उच्च अदालत तुलसीपुरका मुख्यन्यायाधीश नित्यानन्द पाण्डेयले सूचनाको दुरुपयोग भए ठूलो क्षति हुने भएकाले सचेत रहन सञ्चारकर्मीलाई आग्रह गरे ।

आज यहाँ आयोजित एचआर मिडिया प्रालिको प्रथम वार्षिकोत्सव कार्यक्रममा उहाँले सूचना तथा सञ्चारको भूमिका फराकिलो र शक्तिशाली भएकाले यसलाई सही सदुपयोग गरेमा मुलुकलाई समृद्धिको मार्गमा लैजान सघाउ पुग्ने धारणा राख्नुभयो । “एउटा हतियारको दुरुपयोग भयो भने त्यसले जति क्षति पु¥याउँछ, सूचनाको दुरुपयोगले त्योभन्दा बढी क्षति हुन्छ । त्यसैले सूचनाको सही सदुपयोग गर्नुपर्छ”, मुख्यन्यायाधीश पाण्डेयले भने । सञ्चारमाध्यमले गुण र दोषका आधारमा समाचार सम्प्रेषण गर्नुपर्ने उनको भनाइ थियो ।

तुलसीपुर उपमहानगरपालिका कार्यवाहक प्रमुख भीमबहादुर योगीले सञ्चार क्षेत्र विकासको बाटो देखाउने माध्यम भएकाले समाजलाई सही मार्गमा डो¥याउने गरी सञ्चारमाध्यमले भूमिका खेल्नुपर्नेमा जोड दिए । यस्तै, कपुरकोट गाउँपालिकाका अध्यक्ष प्रकाश भण्डारीले पछिल्लो समय डिजिटल सञ्चारमाध्यमको युग रहेको अवस्थामा मर्यादित पत्रकारिता गर्नतर्फ अनलाइन सञ्चारमाध्यम लाग्नुपर्ने बताए ।
(((

प्रकाशित समय : १९:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु