global ime bank Long Banner Ad

गृहपृष्ठ सावाखोलामा पक्की पुल निर्माण

सावाखोलामा पक्की पुल निर्माण

सावाखोलामा पक्की पुल निर्माण

खोटाङ।सावाखोलामा तीन करोड सात लाख ७३ हजार ५९८ को लागतमा मोटरकारलगायत सवारीसाधन सञ्चालन गर्नमिल्ने पक्की पुल निर्माण भएको छ ।

निर्माणसम्पन्न भएसँगै पुल सञ्चालनमा पनि आएको छ । सङ्घीय सरकारको समपूरक अनुदानमा निर्मित पुलमा शनिबारदेखि सवारीसाधनलाई सञ्चालनको अनुमति दिइएको हो ।

पक्की पुल निर्माण भएसँगै खोटाङ–पाप्माखाम भञ्ज्याङ सडकमा बाह्रै महिना यातायातका साधन सञ्चालन गर्न सहज भएको छ । यो पुल २० दशमलव ९० मिटर लामो छ ।

यसैबीच, २०७५ सालमा ट्र्याक खोलिएको ३३ किलोमिटर खोटाङबजार–पाप्माखाम भञ्ज्याङ सडक धमाधम स्तरोन्नति भइरहेको छ । यसनिम्ति कोशी प्रदेश सरकारले रु दुई करोड विनियोजन गरेको भौतिक पूर्वाधार मन्त्रालयले जनाएको छ ।

प्रकाशित समय : १३:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु