global ime bank Long Banner Ad

गृहपृष्ठ साउनको व्यापार घाटा सवा खर्ब, कति भयो आयात निर्यात ?

साउनको व्यापार घाटा सवा खर्ब, कति भयो आयात निर्यात ?

साउनको व्यापार घाटा सवा खर्ब, कति भयो आयात निर्यात ?

चालू आर्थिक वर्षको पहिलो महिनामा  मुलुकको व्यापार घाटा सवा १ खर्ब १६ अर्बभन्दा बढी देखिएको छ । भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको आयात निर्यातको तथ्याङ्क अनुसार साउनमा १ खर्ब २८ अर्ब ३७ करोड ७१ लाख रुपैयाँ बराबरको वस्तु आयात हुँदा जम्मा १२ अर्ब २२ करोड ६१ लाख रुपैयाँ बराबरको मात्र निर्यात हुन सकेको छ ।

समीक्षा महिनामा वैदेशिक व्यापारतर्फ सरकारलाई खुद १ खर्ब १६ अर्ब १५ करोड रुपैयाँ घाटा लागेको छ । अघिल्लो वर्षको यसै अवधिमा व्यापार घाटा १ खर्ब १५ अर्ब रुपैयाँ बराबर रहेको थियो । तुलनात्मक रूपमा आयात र निर्यात दुवै घट्दा यता व्यापार घाटामा पनि केही कम देखिएको हो ।

भन्सार विभागका अनुसार यस महिनाको आयात र निर्यातको अनुपात (इम्पोर्टरएक्सपोर्ट रेसियो) १०.५० प्रतिशत देखिएको छ । अर्थात् एक सय रुपैयाँ बराबरको वस्तु आयात हुँदै गर्दा नेपालले जम्मा १०.५० रुपैयाँ बराबरको मात्र निर्यात गरेको छ ।

कूल आयात निर्यातमा ९१.३० प्रतिशत हिस्सा आयात रहेको छ भने निर्याततर्फको हिस्सा जम्मा ८.७० प्रतिशत मात्र रहेको छ ।

प्रकाशित समय : १८:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु