global ime bank Long Banner Ad

गृहपृष्ठ कांग्रेसले १५औं महाधिवेशलाई पेपरलेस बनाउने, विद्युतीय मतदान मेसिनलाई प्राथमिकता दिने

कांग्रेसले १५औं महाधिवेशलाई पेपरलेस बनाउने, विद्युतीय मतदान मेसिनलाई प्राथमिकता दिने

कांग्रेसले १५औं महाधिवेशलाई पेपरलेस बनाउने, विद्युतीय मतदान मेसिनलाई प्राथमिकता दिने

काठमाडौँ । नेपाली कांग्रेसले १५औं महाधिवेशलाई परम्परागत मतपत्रको साटो प्रविधिको उच्चतम प्रयोग गर्ने निर्णय गरेको छ । कांग्रेसले महाधिवेशनलाई प्रविधिमैत्री बनाउने निर्णय गरेको हो ।

आइतबार ललितपुरस्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय निर्वाचन समितिको बैठकले निर्वाचन प्रक्रियालाई ‘डिजिटलाइजेशन’ गर्ने र विद्युतीय मतदान मेसिनलाई प्राथमिकता दिने निर्णय गरेको हो ।

समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले महाधिवेशनलाई स्वच्छ र निष्पक्ष रूपमा सम्पन्न गर्न १५औँ महाधिवेशनमा परम्परागत मतपत्रको साटो प्रविधिको उच्चतम प्रयोग गर्ने निर्णय गरेको हो ।

निर्वाचन प्रक्रियालाई पेपरलेस बनाउन इभिएम वा अन्य डिजिटल प्रविधिलाई अगाडि बढाइने समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए ।

त्यस्तै, निर्वाचन प्रक्रिया शुरु भइसकेपछि निर्वाचन सम्बन्धी आचारसंहिता लागू हुने भएकोले निर्वाचन अवधीमा विधानमा अन्यथा उल्लेख भएकोमा वाहेक निर्वाचन आचारसंहिता पूर्ण रुपमा पालना गर्न केन्द्रीय कार्यसमिति लगायत सबै तह र निकायहरुलाई आग्रह गर्ने निर्णय समेत गरेको छ ।

प्रकाशित समय : १८:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु