global ime bank Long Banner Ad

गृहपृष्ठ पशुपतिनाथ परिसरमा जनैपूर्णिको चहलपहल

पशुपतिनाथ परिसरमा जनैपूर्णिको चहलपहल

पशुपतिनाथ परिसरमा जनैपूर्णिको चहलपहल

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा ९ऋषि तर्पणी० पर्व आज देशभर नवयज्ञोपवीत जनै एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ ।

आजका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र ९डोरो० बाँध्ने गर्दछन् ।

पर्वका अवसरमा पशुपतिनाथमा रक्षाबन्धन तथा यज्ञोपवित धारण गर्न जानेहरुको भीड लागेको छ ।

मानव रक्षाका लागि जप, तप र पूजागरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरुले यजमानको दाहिने नाडीमा बाँधिदिने गर्दछन् ।

गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको जनै र रक्षासूत्र धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।

 

प्रकाशित समय : ०७:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु