काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

‘जनताले खोजेको अरु केही होइन, दिगो विकास हो’

4.07K
shares

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता महेन्द्रबहादुर शाहीले पछिल्लो समयमा नेपाली युवामा वैदेशिक पलायन हुने क्रम बढ्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

प्रतिनिधिसभामा आजको बैठकको विशेष समयमा दलीय आधारमा बोल्नुहुँदै सांसद शाहीले भनेन्नुभयो, “नेपाली युवा विदेश पलायन हुने विषयलाई नेपालका राजनीतिक दलले गम्भीरतापूर्वक लिनुपर्छ तर राजनीतिक दलका नेता एक अर्काको आरोप प्रत्यारोपमा लाग्दै आएका छन् । मैले गरेका सबै काम ठीक छन्, अरुले गरेका काम सबै गलत छन् भन्ने नेताहरुको आरोपप्रत्यारोप गलत छ ।”
आफ्नो पार्टी आवश्यकताको र प्राप्त अधिकारको रक्षा गर्दै थप अग्रगमनतर्फ लैजानका लागि संविधान संशोधन गर्न जरूरी रहेको नेता शाहीको भनाइ थियो । उनले पछिल्लो राजनीतिक परिवर्तनलाई असफल गर्नका लागि केही शक्ति लागि परेको भन्दै सचेत हुनुपर्नेमा जोड दिए ।