global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ एउटै निर्वाचन क्षेत्रबाट तीन मन्त्री

एउटै निर्वाचन क्षेत्रबाट तीन मन्त्री

एउटै निर्वाचन क्षेत्रबाट तीन मन्त्री

कर्णाली प्रदेशमा दैलेखको एउटै निर्वाचन क्षेत्रबाट तीन जना मन्त्री बनेका छन् । जिल्लाको निर्वाचन क्षेत्र नं. २ बाट कर्णाली प्रदेश सभामा प्रतिनिधित्व गर्ने तीन जना प्रदेश सभा सदस्य मन्त्री भएका हुन् ।

निर्वाचन क्षेत्र नं. २ को प्रदेश (क)बाट नेपाली काँग्रेसका घनश्याम भण्डारी, प्रदेश (ख) बाट नेकपा एमालेका विनोद कुमार शाह र एमालेकै समानुपातिक प्रदेश सभा सदस्य गमता विक प्रदेश सरकारमा मन्त्री र राज्यमन्त्री भएका हुन् । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा एमालेबाट शाह, सामाजिक विकास मन्त्रीमा काँग्रेसबाट भण्डारी र भौतिक पूर्वाधार तथा सहरी विकास राज्यमन्त्रीमा एमालेबाट विक मन्त्री भएका हुन् ।

शाह र विक यसअघि नै मन्त्री भइसकेका थिए भने भण्डारी आइतबार सामाजिक विकास मन्त्रीमा नियुक्त भएका हुन् ।

 

प्रकाशित समय : ०९:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु