काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

राजर्षि जनक विश्वविद्यालयको स्ववियु सभापतिमा यादव विजयी

3.51K
shares

राजर्षि जनक विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा लोकतान्त्रिक समाजवादी विद्यार्थी सङ्घका प्रवेश यादव विजयी भएका छन् । आफ्ना निकटतम प्रतिद्वन्द्वी संयुक्त विद्यार्थी प्यानलका श्याम साहलाई पराजित गर्दै यादव विजयी भएका हुन् ।

यस्तै स्ववियु सचिवमा अनेरास्ववियुका राजु अधिकारी, कोषाध्यक्षमा नेपाल विद्यार्थी सङ्घका शिवशङ्कर साह तथा सदस्यहरुमा नेविसङ्घका रामकुमार महासेठ, पूजा यादव, प्रितीकुमारी कुर्मी, ज्योती दत्त र रञ्जना पासवान तथा संयुक्त विद्यार्थी प्यानलकी सृष्टि चौधरी निर्वाचित भएका निर्वाचन समितिका सदस्य शम्भु पोखरेलले जानकारी दिए ।

विश्वविद्यालय स्थापना भएको ६ वर्षपछि १५ सदस्यीय कार्यसमितिका लागि बिहीबार निर्वाचन भएको हो । विश्वविद्यालयमा भर्ना भएका चार सय ७५ विद्यार्थीमध्ये चार सय ४४ जना मतदानमा सहभागी भएका निर्वाचन समितिले जनाएको छ । स्ववियु निर्वाचनमा ६ राजनीतिक दल निकटका विद्यार्थी सङ्गठनले उम्मेदवारी दिएका थिए ।