काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

मस्कको अलौकिक दृष्टिको प्रतिज्ञा खतरनाक छ– शोेधकर्ताहरू

5.25K
shares

शोधकर्ताहरूले मस्तिष्क प्रत्यारोपण प्रविधिले अन्ततः बिरामीहरूलाई सामान्य मानिसको दृष्टिभन्दा राम्रो दृष्टि प्रदान गर्नसक्छ भन्ने अर्बपति एलन मस्कको आलोचना गरेका छन् ।

मस्कले लामो समयदेखि न्युरालिङ्क कम्पनीले अन्धाहरूलाई दृष्टि प्रदान गर्नसक्ने प्रत्यारोपणमा काम गरिरहेको बताएको छ । मार्चमा सामाजिक सञ्जाल एक्समा आफ्नो १९ करोड अनुयायीलाई उक्त उत्पादनको नाम ‘ब्लाइन्डसाइट’ रहने बताए ।

उत्पादनले पहिलादेखि नै बाँदरमा काम गरिरहेको उल्लेख गर्दै, “रिजोल्युसन पहिला निनटेन्डो ग्राफिक्सजस्तै सानो हुनेछ तर अन्ततः सामान्य मानव दृष्टिभन्दा धेरै हुनसक्छ ।” उनले भने ।

तर वासिङ्टन विश्वविद्यालयका मनोविज्ञान प्राध्यापक इओन फाइनले “यसो भन्नु खतरनाक कुरा हो ।” उनले साइन्टिफिक रिपोर्ट्स जर्नलमा सोमबार प्रकाशित लेखमा सहलेखन गरेको थियो । उक्त लेखमा त्यस्ता प्रत्यारोपणहरूले कसरी काम गर्न सक्छ भनेर अनुकरण गर्न ‘भर्चुअल बिरामीहरू’ भनेर चिनिने मोडेलको प्रयोग गरिएको छ ।

मस्कसहित नयाँ प्रत्यारोपणहरूको प्रभाव मानव जीवविज्ञानद्वारा सीमित हुनसक्ने लेखमा तर्क दिइएको छ । फाइनले आँखाबाट प्राप्त जानकारीलाई प्रशोधन गर्ने मस्तिष्कको क्षेत्र भिजुअल कोर्टेक्समा लाखौँ साना इलेक्ट्रोड प्रत्यारोपण गरेर उच्च–रिजोल्यसुन दृष्टि सिर्जना गर्न सकिन्छ भन्ने मस्कको विचार त्रुटिपूर्ण रहेको बताए ।

“इन्जिनियरले प्राय इलेक्ट्रोडलाई पिक्सल बनाउने भनेर सोच्छन् तर जीवविज्ञानले यस्तो तरिकाले काम गर्दैन”, उनले भने ।

मस्तिष्कमा छवि सिर्जना गर्नुमा प्रत्यारोपणले गर्नसक्ने तरिकाले व्यक्तिगत कोशिकाहरूलाई उत्तेजित मात्र गर्दैन,  त्यसपछि हजारौँ कोशिकाहरूमा सक्रिय हुने ‘न्युरल कोड’ पनि उत्पन्न गर्न समावेश छ । वैज्ञानिकहरू कुनै अन्धो व्यक्तिमा सही न्युरल कोड पत्ता लगाउन नजिक नभएको बताए । यसको अर्थ प्रत्यारोपणको प्रभाव सीमित हुनेछ ।

“अन्धोपनले मानिसलाई असुरक्षित बनाउँदैन तर जीवनमा ढिलो अन्धो हुनुले मानिसलाई असुरक्षित बनाउन सक्छ”, उनले भने, “त्यसो भए एलन मस्कले ‘यो मानव दृष्टिभन्दा राम्रो हुनेछ’ भने भने त्यस्तो भन्नु खतरनाक कुरा हो ।”