गृहपृष्ठ कार्यसूचीमा प्रवेश नगरी प्रदेशसभाको बैठक स्थगित
कार्यसूचीमा प्रवेश नगरी प्रदेशसभाको बैठक स्थगित
प्रदेश सरकारका मन्त्रीको अनुपस्थितिपछि सुदूरपश्चिम प्रदेशसभाको आजको बोलाइएको बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित गरिएको छ ।
बैठक प्रारम्भ गर्दै सभामुख भीमबहादुर भण्डारीले सुदूरपश्चिम प्रदेश नियमावलीअनुसार आजको बैठकमा मन्त्रीको उपस्थिति नभएकाले अर्को सूचना प्रकाशित नभएसम्म बैठक स्थगित गरिएको जानकारी गराए ।
नेपाल कम्युनिष्ट पार्टी(एमाले) र नेपाली कांग्रेसलगायत दलको मागबमोजिम प्रदेश प्रमुखले आह्वान गरेको अधिवेशन यही साउन ८ देखि जारी छ । विपक्षीको मागमा आह्वान गरिएको यो अधिवेशनको बैठकमा सरकारका मुख्यमन्त्री र मन्त्री सुरुको दिनदेखि नै अनुपस्थित रहने रणनीतिमा थिए । तर मुख्यमन्त्रीको निर्देशनविपरीत दुई दिनका बैठकमा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री टीका थापा उपस्थित भए । सरकारको नीतिविपरीत बैठकमा सहभागी भएकी मन्त्री थापालाई आइतबार मुख्यमन्त्रीले बर्खास्त गरेका थिए ।।
प्रकाशित समय : १९:३० बजे



















