global ime bank Long Banner Ad

गृहपृष्ठ मेक्सिको फुटबलका मुख्य प्रशिक्षक जाइम लोजानो बर्खास्त

मेक्सिको फुटबलका मुख्य प्रशिक्षक जाइम लोजानो बर्खास्त

मेक्सिको फुटबलका मुख्य प्रशिक्षक जाइम लोजानो बर्खास्त

 

कोपा अमेरिका फुटबलको समूहचरणबाटै बाहिरिएपछि मेक्सिकोका मुख्य प्रशिक्षक जाइम लोजानोलाई बर्खास्त गरिएको छ ।

उनको सट्टा जेभियर अगुइरेलाई तेस्रो कार्यकालका लागि मेक्सिकोको प्रशिक्षकको जिम्मेवारी दिइएको मेक्सिकन फुटबल फेडरेसनले जनाएको छ । उनले सन् २००२ र २०१० को विश्वकपमा प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए ।

लोजानोलाई मुख्य प्रशिक्षकबाट हटाएर अगुइरेको सहयोगीको रुपमा काम गर्न प्रस्ताव गरिएको भए पनि उनले अस्वीकार गरेका छन् । लोजानोले मेक्सिकोलाई सन् २०२३ को गोल्ड कपको उपाधि जिताएका थिए भने यसै वर्षको शुरुमा कन्काकाफ नेसन्स लिगको फाइनलमा पुर्‍याएका थिए ।

यसैबीच, मेक्सिकोले सन् २०२६ को विश्वकप क्यानडा र अमेरिकासँग मिलेर आयोजना गर्ने भएको छ ।

प्रकाशित समय : ०९:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु