global ime bank Long Banner Ad

गृहपृष्ठ वैदेशिक भ्रमणका लागि अर्थको पूर्व सहमति लिनुपर्ने

वैदेशिक भ्रमणका लागि अर्थको पूर्व सहमति लिनुपर्ने

वैदेशिक भ्रमणका लागि अर्थको पूर्व सहमति लिनुपर्ने

 

वैदेशिक भ्रमणका लागि अर्थ मन्त्रालयको पूर्व सहमति लिनुपर्ने भएको छ ।

अर्थ मन्त्रालयले मङ्गलवार आर्थिक वर्ष २०८१/८२ को बजेट कार्यान्वयन मार्गदर्शन जारी गर्दै वैदेशिक भ्रमणका लागि मन्त्रालयको पूर्व सहमति लिन अनुरोध गरेको हो ।

साथै महत्त्वपूर्ण र अनिवार्य सहभागी हुनुपर्ने सभा, सम्मेलन र बैठकमा मात्र सहभागी सहभागी हुने व्यवस्था मिलाउन भनेको छ । ‘कूटनीतिक महत्त्व र अन्तर्राष्ट्रिय सम्बन्धको कारण अनिवार्य रूपमा सहभागी हुनुपर्ने अन्तर्राष्ट्रिय सभा, सम्मेलन र अन्तर सरकारी बैठकमा मात्र सहभागी हुने व्यवस्था मिलाउनु हुनेछ,’ अर्थ सचिव मधुकुमार मरासिनीले जारी गरेको मार्ग दर्शनमा भनिएको छ, ‘वैदेशिक भ्रमणका लागि अर्थ मन्त्रालयको पूर्व सहमति लिनु हुनेछ ।’

 

प्रकाशित समय : ०९:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु