गृहपृष्ठ ‘विदेशी लगानीका जलविद्युत् आयोजनामा स्वदेशी बैङ्कले लगानी गर्नुहुँदैन’
‘विदेशी लगानीका जलविद्युत् आयोजनामा स्वदेशी बैङ्कले लगानी गर्नुहुँदैन’
विदेशी लगानीका जलविद्युत् आयोजनामा स्वदेशी बैङ्कले लगानी गर्दा स्वदेशी परियोजना मर्कामा परेका सरोकार भएकाहरूले बताएका छन् ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल ९इप्पान०ले नेपाल पूर्वाधार पत्रकार समाज ९सिज०सँगको सहकार्यमा आज यहाँ आयोजना गरेको एक कार्यक्रममा इप्पान अध्यक्ष गणेश कार्कीले विदेशी लगानीका आयोजनामा नेपालका बैङ्कले लगानी गर्दा स्वदेशी आयोजना समस्यामा परेको दाबी गरे ।
उनले विदेशी परियोजनामा पुँजी पनि विदेशबाटै ल्याउनुपर्ने धारणा राखे । “बैङ्कहरूले निश्चित सीमामा रहेर ऊर्जा क्षेत्रका परियोजनामा लगानी गरेका हुन्छन्, यस्तोमा त्यो लगानी विदेशी लगानीका आयोजनामा जाने हो भने निजी क्षेत्रका परियोजनाले कर्जा नै नपाउने अवस्था रहन्छ । त्यसैले विदेशी लगानीमा निर्माण हुने आयोजनामा पुँजी पनि विदेशबाट ल्याउनुपर्छ”, अध्यक्ष कार्कीले भने ।
नेपाल विद्युत् प्राधिकरणका निर्देशक केदारराज सिल्वालले जलविद्युत् आयोजना निर्माणसँगै प्रसारण लाइन पनि निर्माण जरुरी रहेको बताए । उनले हाल कूल १२ हजार चार सय ४६ मेगाभोल्ट एम्पायर ऊर्जा बहन क्षमताको प्रसारण लाइन निर्माण भइसकेको उल्लेख गर्नु हुँदै सन् २०३० मा सो क्षमता ३५ हजार छ सय ७५ मेगाभोल्ट एम्पायर पुग्ने गरी प्रसारण लाइन निर्माण भइसक्ने जानकारी दिए ।
इप्पानका उपमहासचिव प्रकाश दुलालले संविधानमै जलविद्युत् आयोजनाको क्षेत्राधिकार कुन तहसम्म हुने भन्ने स्पष्ट नभएको धारणा राखे । उनले प्रस्तावित विद्युत् विधेयक निजी क्षेत्र मैत्री नभएको भन्दै विभिन्न बुँदामा संशोधन आवश्यक भएको उल्लेख गरे ।
प्रकाशित समय : १९:३० बजे



















