गृहपृष्ठ ई-स्पोर्टस पदक विजेता पुरस्कृत
ई-स्पोर्टस पदक विजेता पुरस्कृत
ई-स्पोर्टस सङ्घ नेपालको आयोजनामा सम्पन्न प्रथम राष्ट्रिय ई(स्पोर्ट्स च्याम्पियनसिपका पदक विजेतालाई आज पुरस्कृत गरिएको छ ।
राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का सदस्य सचिव टङ्कलाल घिसिङले आज यहाँ आयोजित एक कार्यक्रममा मोबाइल लिजेन्ड र ई-फुटबलका पदक विजेता खेलाडीलाई नगदसहित पुरस्कार प्रदान गरे । उक्त प्रतियोगिता सुर्खेतमा यही असार १४ र १५ गते भएको थियो ।
प्रतियोगितामा मोबाइल लिजेन्डमा शीर्ष आठ स्थान हासिल गर्ने क्रमशः हाई भोल्टेजले ६० हजार, कोड रेडले ४० हजार, सिक्सटी नाइन गेमिङले ३० हजार, वीरे नुनले २० हजार, मिडनाइट ह्याभक र हेल्लो किटिसले समान १५/१५ हजार प्राप्त गरे । त्यस्तै, मिडनाइट ह्याभक २० हजार र गुड नाइटले समान १०-१० हजार नगद पुरस्कार पाए ।
यसैगरी, ई फुटबलमा पहिलो भएका गौरव पुडासैनीले ४० हजार, दोस्रो भएका सन्देश ओझाले ३० हजार, तेस्रो भएका रोशन शर्माले २० हजार तथा चौथो भएका निखिल हमालले १० हजार नगद पुरस्कार प्राप्त गरे ।
कार्यक्रममा सदस्य सचिव घिसिङले ई स्पोर्टस सङ्घलाई जिम्मेवारी दिएको छोटो समयमा प्रतियोगिता आयोजना गर्न सफल भएकामा बधाई दिँदै ई(स्पोर्टसलाई अझ व्यवस्थित ढङ्गले अगाडि बढाएर देशको प्रतिष्ठा अभिवृद्धि गर्ने माध्यम बनाउनुपर्नेमा जोड दिए ।
सदस्य सचिव घिसिङले ई-स्पोर्टस समाजको विकास चरणले मागेको खेल भएको बताउँदै आजको पुस्ता कुन खेलतर्फ आकर्षित छ भन्ने कुरालाई दृष्टिगत गरी त्यही अनुरुप सरकारले लगानी बढाउनुपर्ने आवश्यकता औँल्याए ।
राखेपका सदस्यसमेत रहेका ई-स्पोर्टसका अध्यक्ष अञ्जन धमलाले ठूलो चुनौतीका बीच सफलतापूर्वक प्रतियोगिता सम्पन्न गर्न सहयोग गरेकामा राखेपलाई धन्यवाद दिँदै वार्षिक पात्रो नै तयारी गरी सङ्घ अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
प्रकाशित समय : १९:२१ बजे



















