global ime bank Long Banner Ad

गृहपृष्ठ ज्योति विकास बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत र सहायक महाप्रबन्धक पदमा पदोन्नति

ज्योति विकास बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत र सहायक महाप्रबन्धक पदमा पदोन्नति

ज्योति विकास बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत र सहायक महाप्रबन्धक पदमा पदोन्नति

ज्योति विकास बैंक लिमिटेडले बैंकको रिक्त वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत र सहायक महाप्रबन्धक पदमा आन्तरिक प्रतियोगितात्मक परीक्षाबाट पदोन्नति गरेको छ । बैंकले साउन १ गते बाट लागु हुने गरि बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पदमा प्रकाश बराल र सहायक महाप्रबन्धक पदमा बलदेव थापालाई पदोन्नति गर्ने निर्णय गरेको हो ।

बैंकिङ क्षेत्रको उच्च व्यवस्थापन तहमा १५ वर्ष भन्दा बढीको अनुभव बोकेका नव-नियुक्त वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत बराल विगत १६ महिना देखि यस बैंकको नायब प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत रही आएका छन् ।

चार्टर्ड एकाउन्टेन्ट बरालसंग भारतको बिडिओ इन्टरनेशनलका साथै नेपाल बैंक लिमिटेड, प्रभु बैंक लिमिटेड तथा एन आई सी एशिया बैंक लिमिटेडको उच्च व्यवस्थापन तहको सफल कार्यानुभव रहेको छ । उनि एन आई सी एशिया लघुवित्त वित्तीय संस्थामा पूर्वसञ्चालक रहेका साथै हाल ज्योति क्यापिटल लिमिटेडको अध्यक्ष पनि रहेका छन् ।

यसका साथै,बैंकिङ क्षेत्रमा १९ वर्षभन्दा बढीको अनुभव र विशेषज्ञता भएका नव-नियुक्त सहायक महाप्रबन्धक श्री थापाले नेपाल बैंक लिमिटेडबाट बैंकिङ यात्रा सुरुवात गरि विभिन्न वाणिज्य बैंक र राष्ट्रिय स्तरका विकास बैंकहरूमा व्यवस्थापकीय पदमा विविध बैंकिङ कार्यहरूमा बहुआयामिक अनुभव हासिल गरेका छन् । विगत ७ वर्षदेखि यस विकास बैंकमा आवद्ध थापाले हाल प्रमुख सञ्चालन अधिकृत, प्रमुख बजारिकरण अधिकृत, मानव संसाधन विभाग प्रमुख तथा कम्पनी सचिवको कार्यभार सम्हालिरहेका छन् ।

बैंक कार्य सम्पादन गर्नेहरूको लागि उर्वरा भूमि बनाउने ध्येय अनुरूप कार्य गर्दै आएको छ। साथै बैंकले सोका लागि आवश्यक पर्ने समुचित वातावरण र संस्थागत संस्कृति स्थापना गरेको छ । यसैको फलस्वरूप, उनिहरूको अद्वितीय योगदानको कदरस्वरूप उनिहरूलाई पदोन्नतिगर्ने बैंकले निर्णय गरेको हो । उच्च कार्यसम्पादनको समयमै समुचित प्रतिफल दिने तथा यसलाई साधकको रूपमा ग्रहण गरी बैंकलाई “पर्फ़मर्सप्याराडाइज” बनाउने दीर्घकालीन साध्य हासिल गर्नमा यो पदोन्नति कोशेढुङ्गा साबित हुने विश्वास बैंकले लिएको छ ।

आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत समाजिक कार्यमा गर्ने योगदान भन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति थपउत्तरदायी बनेको यस विकास बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको छ ।

सोही मान्यता अनुरूप, यस विकास बैंकले नवजात शिशुको अकालमा मृत्यु हुन नदिन र जीवन रक्षा गर्न चालेको स्पष्टपहल कदमी र सहयोगले हालसम्म करिब ८५० भन्दा बढी नेपाली शिशुहरुको जीवन रक्षा गर्न सफल भएको छ । यस्ता जिवन रक्षण गर्नेअसाध्यै महत्वपूर्ण क्षेत्रमा नेपालमा रहेका बैंक तथा वित्तीय संस्थाहरू मध्ये ज्योति विका सबैंकले अग्रस्थानमारही काम गर्दै आएको छ ।

संस्थागत शुशासनलाई शिरोपर गरी ग्राहकवर्ग, कर्मचारी, नियामक निकाय, शेयरधनी र समग्र सरोकारवालाको हक हितमा योगदान पुर्याउन ज्योति विकास बैंक सदैव प्रतिवद्ध रहेको छ ।ज्योति विकास बैंकले हाल १२१ शखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा ATM मार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

प्रकाशित समय : १०:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु