global ime bank Long Banner Ad

गृहपृष्ठ भीमसेन थापा पुरस्कार मृगेन्द्र–सम्झना चिकित्सा गुठीलाई

भीमसेन थापा पुरस्कार मृगेन्द्र–सम्झना चिकित्सा गुठीलाई

राष्ट्रिय विभूति भीमसेन थापा प्रतिष्ठानले यस वर्षको पुरस्कार मृगेन्द्र–सम्झना चिकित्सा गुठीलाई प्रदान गर्ने निर्णय गरेको छ ।

चिकित्सा क्षेत्रमा लामो सयमदेखि उल्लेखनीय योगदान पु¥याउँदै आएको भन्दै यस संस्थालाई पुरस्कार प्रदान गर्ने निर्ण भएको प्रतिष्ठानले जनाएको छ ।

थापाको २५०औँ जन्मजयन्तीका अवसरमा आगामी साउन ९ गते राष्ट्रपति रामचन्द्र पौडेलले पुरस्कार वितरण गरिने प्रतिष्ठानका अध्यक्ष डा पार्थिवेश्वरप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो । प्रतिष्ठानले विगत तीन दशकदेखि राष्ट्रिय विभूति थापाको स्मृतिमा इतिहास वा राष्ट्रिय महत्वका विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्ति वा संस्थालाई पुरस्कार प्रदान गर्दै आएको छ ।

गत वर्ष यही पुरस्कार राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गरिएको थियो । पुरस्कारको राशी रु एक लाख रहेको छ ।

प्रकाशित समय : १९:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु