nmb bank

गृहपृष्ठ भुम्लुमा उत्कृष्ट विद्यार्थीलाई एक लाखसहित सम्मान

भुम्लुमा उत्कृष्ट विद्यार्थीलाई एक लाखसहित सम्मान

भुम्लु गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा ९एसईई० परीक्षा दिएकामध्ये उत्कृष्ट एक छात्र र एक छात्रालाई आज जनही रु एक लाखसहित सम्मान गरेको छ । गाउँपालिकाले गत वर्षदेखि यस्तो सम्मान गर्दै आएको हो ।

गाउँपालिका अध्यक्ष प्रेमबहादुर भूजेल र उपाध्यक्ष दावा लामाले वडा नं १ सिपिङस्थित सेतीदेवी माध्यमिक विद्यालयका छात्र करिश गिरी र वडा नं ३ बेखसिम्लेको वनदेवी माविका छात्रा मीरा श्रेष्ठलाई जनही रु एक लाखसहित सम्मान गरे । छात्र गिरीले तीन दशमलव ७० र छात्रा श्रेष्ठले तीन दशमलव ३५ अङ्क प्राप्त गरेका थिए ।

गाउँपालिकाभित्रका माध्यमिक विद्यालयतर्फ एसइई परीक्षामा औसत सर्वोत्कृष्ट अङ्क ल्याउने तीन विद्यालयमध्ये पहिलो हुने शारदा माविलाई रु ५० हजार, दास्रो सेतिदेवी माविलाई रु २५ हजार र तेस्रो वनदेवी माविलाई रु १५ हजारले सम्मान गरिएको छ ।

गाउँपालिका अध्यक्ष भूजेलले हाल माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीमा अध्ययनप्रति उर्जा एवं प्रोत्सहान प्रदान गर्न गाउँपालिकाले एसइईमा उत्कृष्ट छात्रल तथा छात्रालाई सम्मान गर्ने परम्पराको सुरुआत गरिएको बताए । गाउँपालिकाका एक सय ९५ विद्यार्थीले २०८० सालको एसइईमा सहभागी भएकामा ५९ विद्यार्थी उत्तीर्ण भएका हुन् ।

गत शनिबार नेपाल विद्यार्थी सङ्घ काभ्रेपलाञ्चोकले जिल्लामा एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई बनेपामा सम्मान गरेको थियो । उनीहरुलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाई, नेपाली कांग्रेसका जिल्ला सभापति तीर्थ लामा, नेपाल विद्यार्थी सङ्घका केन्द्रीय सभापति दुजाङ शेर्पालागतयले सम्मानपत्र प्रदान गरेका थिए ।

प्रकाशित समय : १८:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु