काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

आईएसएमटी कलेजका ३९० विद्यार्थी दीक्षित

3.2K
shares

काठमाडौंमा रहेको आईएसएमटी कलेजका ३९० जना विद्यार्थी दीक्षित भएका छन् ।

बेलायतको सन्डरल्यान्ड विश्वविद्यालयबाट सम्बन्धन प्राप्त आईएसएमटी कलेजले बीबीए (बिजनेस एन्ड म्यानेजमेन्ट), बीएचएम, बीएस्सी आईटी (सीएसई) उत्तीर्ण विद्यार्थीलाई दीक्षित गरेको हो । होटल याक एन्ड यतीमा १६ असारमा आयोजित एक कार्यक्रमका बीच उनीहरूलाई दीक्षित गरिएको कलेजले जनाएको छ ।

कार्यक्रममा सन्डरल्यान्ड विश्वविद्यालयका उच्च तहका प्रतिनिधि, अविभावक लगायतको सहभागिता रहेको थियो । सो कार्यक्रममा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई युनिभर्सिटीले विशेष अवार्ड समेत प्रदान गरेको थियो । आईएसएमटी ग्रुपले काठमाडौं, चितवन, पोखरा, विराटनगर र बुटवलमा पनि सन्डरल्यान्ड विश्वविद्यालयकै सम्बन्धनमा कलेज सञ्चालन गरेको छ ।