काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सडक बत्तीको बक्यौता महसुल किस्ताबन्दीमा बुझाउन पाउने

5.69K
shares

नेपाल विद्युत् प्राधिकरणले सडक बत्तीको बक्यौता महसुल बुझाउन किस्ताबन्दीको सुविधा दिने भएको छ ।

आज एक सूचना जारी गर्दै प्राधिकरणले सडक बत्ती जडान गरी विद्युत् उपभोग गरेका स्थानीय तहहरूले तिर्नुपर्ने थप दस्तुर सहितको बक्यौता विद्युत् महसुल बढीमा ६० महिना सम्म किस्ताबन्दीमा बुझाउन पाउने व्यवस्था गरिएको जानकारी दिएको हो ।

त्यसका लागि सम्बन्धित स्थानीय तहहरूले ४५ दिनभित्र प्राधिकरणको सम्बन्धित वितरण केन्द्रमा सम्पर्क गरी किस्ताबन्दीका लागि आवेदन दिन प्राधिकरणले सूचनामार्फत आग्रह गरेको छ ।