global ime bank Long Banner Ad

गृहपृष्ठ कोस्टारिकालाई पराजित गर्दै कोलम्बिया एक खेल अगावै क्वाटरफाइनलमा प्रवेश

कोस्टारिकालाई पराजित गर्दै कोलम्बिया एक खेल अगावै क्वाटरफाइनलमा प्रवेश

कोस्टारिकालाई पराजित गर्दै कोलम्बिया एक खेल अगावै क्वाटरफाइनलमा प्रवेश

कोपा अमेरिका फुटबलमा कोलम्बिया क्वाटरफाइनलमा प्रवेश गरेको छ । शनिबार बिहान सकिएको खेलमा कोलम्बियाले कोस्टारिकालाई ३–० गोल अन्तरले पराजित गर्दै एक खेल अगावै अन्तिम ८ मा स्थान बनाएको हो ।

समूह डीमा कोलम्बिया ६ अंकका साथ शीर्ष स्थानमा रहेको छ । कोस्टारिकाको पहिलो हार हो । यसअघिको खेलमा कोस्टारिका ब्राजिलसँग बराबरीमा रोकिएको थियो ।

एरिजोनामा भएको खेलमा कोलम्बियाले ३१ औं मिनेटमा अग्रता लिएको थियो । कोस्टारिकाका गोलकिपर पेट्रिक सेक्वेराले कोलम्बियाका जोन कोर्डोबालाई फल गरेपछि पेनाल्टी दिइएको थियो ।

उक्त पेनाल्टीलाई लुइस डियाजले गोल गर्दै कोलम्बियालाई अग्रता दिलाए । ५९ औं मिनेटमा जोन एरियासले दिएको पासमा डेविसन सान्चेजले हेडर गोल गर्दै अग्रता दोब्बर बनाए । ६२ औं मिनेटमा जेम्स रोड्रिगेजले दिएको थ्रो बलमा जोन कोर्डोबाले राइटफुटेड सट प्रहार गर्दै गोलमा परिणत गरेका थिए । ३–० को सहज अवस्थालाई अन्तिमसम्म कायम राख्दै कोलम्बियाले महत्वपूर्ण ३ अंक लिन सफल भयो । सोही जितसँगै कोलम्बिया एक खेल अगावै कोपाको क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

यही समूहमा रहेका पाराग्वे र ब्राजिलबीच आजै प्रतिस्पर्धा हुँदै छ । क्वाटरफाइनल पुग्नका लागि दुवै टिमलाई जित्नै पर्ने बाध्यता रहेको छ ।

समूह चरणको अन्तिम खेलमा जुलाई ३ तारिखमा ब्राजिल र कोलम्बिया तथा कोस्टारिका र पाराग्वे आमने सामने हुने छन् ।

प्रकाशित समय : ०७:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु