गृहपृष्ठ देशभरका पत्रकार महासंघ कार्यालयमा प्रेस युनियनले तालाबन्दी गर्दै

देशभरका पत्रकार महासंघ कार्यालयमा प्रेस युनियनले तालाबन्दी गर्दै

देशभरका पत्रकार महासंघ कार्यालयमा प्रेस युनियनले तालाबन्दी गर्दै

नेपाल प्रेस युनियनले आज नेपाल पत्रकार महासंघका देशभरका कार्यालयहरूमा तालाबन्दी गर्ने भएको छ ।

मुलुकका सातवटै प्रदेश कार्यालय तथा ७७ वटै जिल्लामा तालाबन्दी गर्न परिपत्र गरिएको युनियनका वरिष्ठ उपाध्यक्ष प्रेम केसीले जानकारी दिए ।

महासंघले जारी गरेको मतदाताको नामावलीप्रति असन्तुष्टि जनाउँदै युनियनले नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयमा गएराति तालाबन्दी गरेको छ ।

महासंघको केन्द्रीय निर्वाचन समितिले यही असार २२ गते हुने निर्वाचनका लागि हिजो साँझ मतदाताको नामावली प्रकाशन गरेको थियो ।

 

 

प्रकाशित समय : ०७:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु