काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

ओली भन्छन्- संसद् विघटन गरेकै कारण एमाले अहिले अस्तित्वमा छ

2.82K
shares

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद विघटनको प्रसंग बारे फेरी बोलेका छन् ।

शनिबार काठमाडौंको भृकुटीमण्डपमा काठमाडौं जिल्लाको सातौं अधिवेशनमा बोल्दै ओलीले पार्टीभित्रकै केही व्यक्तिहरूले पार्टीलाई दक्षिणपन्थी शक्तिको पाउँमा बुझाउने देखेपछि आफूले संसद् विघटन गरेको बताउँदै संसद् विघटनको प्रसंग फेरो उठाएका हुन् ।

उनको यो संकेत तत्कालीन नेकपाका अध्यक्ष रहेका पुष्पकमल दाहाल प्रचण्ड र नेता माधवकुमार नेपालप्रति लक्षित थियो ।उनले संसद् विघटन भएकै कारण अहिले पनि एमाले अस्तित्वमा रहेको बताए । सो प्रसंगमा उनले अगाडि आफू नेतृत्वको तत्कालीन सरकार देश र जनताका लागि धेरै राम्रा काम गरेकाले अदालतबाट विपक्षीलाई प्रधानमन्त्री बनाउने काम गरिएको तर्क गरेका थिए । 

अध्यक्ष ओलीले एमालेबाहेक अरु कसैसँग देश विकासको स्पष्ट भिजन र नीति नरहेकाले मिसन ८४ नेपालको राजनीतिमा टर्निङ प्वाइन्ट हुने बताए ।