काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

कोशी प्रदेशको नाम खारेजीको माग राख्दै विरोध प्रदर्शन

2.65K
shares

कोशी नाम खारेजी र प्रदेशको पुनः संरचनाको माग राख्दै राष्ट्रिय मुक्ति क्रान्तिले पूर्वी नेपालको विराटनगरमा प्रदर्शन गरेको छ । शुक्रबार  राजेन्द्र महतो संयोजक रहेको राष्ट्रिय मुक्ति क्रान्ति पूर्वी कमाण्डले प्रदेशको संरचना पुनः संशोधन गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेको हो ।

कोणसभालाई सम्बोधन गर्दै राष्ट्रिय मुक्ति क्रान्ति मोर्चाका संयोजक राजेन्द्र महतोले कोशीले पहिचान मागेको नभई लिम्बू, खम्बु, कोचिला, मधेशका जनताले पहिचान मागेको बताए । महतोले राष्ट्रिय मुक्ति क्रान्तिले शान्तिपूर्ण आन्दोलन गर्दै नेपाललाई सबै नेपालीको राज्यको रुपमा स्थापित गर्ने उनको भनाइ थियो ।

उनले भने, ‘विगतमा केहीले  विगतमा जबर्जस्ती गोली चलाएर मधेश आन्दोलनको अन्त्य गर्ने प्रयत्न गरे । बन्दुक चलाएरै संविधान जारी गरे । विडम्बना त्यो संविधानमा जनताका समस्या लेखिएनन् । अन्ततः मधेश आन्दोलन सफल भयो । हामीले केही गर्न खोज्दा यो नश्लवादी शासकसँग सकेनौँ । हामी सबै पहिचानवादी यी शासकसँग निरीह बन्न पुग्यौँ ।’

अहिलेसम्म सात वटा संविधान बनेका भएपनि नेपाली जनताले आफ्नो पहिचान र अधिकार नपाएको उनको भनाइ थियो ।