गृहपृष्ठ खेलाडीको २ करोड ९७ लाख नगद पुरस्कार प्रदान गर्ने सरकारको निर्णय
खेलाडीको २ करोड ९७ लाख नगद पुरस्कार प्रदान गर्ने सरकारको निर्णय
सरकारले खेलाडीहरुको २ करोड ९७ लाख १० हजार नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले युवा तथा खेलकुद मन्त्रालयले पेस गरेको प्रस्तावलाई अनुमोदन गर्दै १९औँ एसियन गेम्समा पदक विजेता, क्रिकेट टिम र पारा तेक्वान्दो खेलाडी तथा प्रशिक्षकलाई नगद पुरस्कार दिने निर्णय गरेको हो ।
यसैगरी एसियाली खेलकुदमा कास्य जितेको कबड्डी टिमका १२ खेलाडीले जनही ३ लाख ९० हजार, प्रमुख प्रशिक्षक पार्वती राईले २ लाख ६० हजार तथा सहायक प्रशिक्षक विष्णु दक्त भट्ट र व्यवस्थापक डिल्लीराम काफ्लेले जनही १ लाख ३० हजार प्राप्त गर्नेछन्। कबड्डी टिमले कुल ४८ लाख दश हजार नगद प्राप्त गर्नेछन्।
चौथो एसियाली पारा खेलकुद २०२२ मा कास्य जितेकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले १३ लाख प्राप्त गर्नेछिन । प्रमुख प्रशिक्षक कविराज नेगी लामाले २ लाख ६० हजार र टिम व्यवस्थापक रामचन्द्र श्रेष्ठले १ लाख ३० हजार प्राप्त गर्नेछन्।
प्रकाशित समय : १८:४६ बजे



















