global ime bank Long Banner Ad

गृहपृष्ठ उमेशराज जोशी र भीमप्रसाद ढकाल एआईजीमा बढुवा

उमेशराज जोशी र भीमप्रसाद ढकाल एआईजीमा बढुवा

उमेशराज जोशी र भीमप्रसाद ढकाल एआईजीमा बढुवा

सरकारले प्रहरी नायव महानिरीक्षक उमेशराज जोशी र भीमप्रसाद ढकाललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गरेको छ ।

सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दुवैलाई एआईजीमा बढुवा गरी पदस्थापन गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् ।

ढकाल अहिले प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयमा रहेर केन्द्रीय प्रहरी प्रवक्ताको भूमिकामा छन् ।

उता जोशी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा निमित्त कार्यकारी निर्देशकका रुपमा काम गरिरहेका छन् ।

यसअघि वैशाख ४ गतेको बढुवा समितिको बैठकले एआईजीका लागि पहिलोमा जोशी र दोस्रोमा ढकाललाई बढुवा गर्न सरकारलाई सिफारि गरेको थियो ।

प्रकाशित समय : १८:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु