काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

उपेन्द्र यादवको कार्यशैलीका कारण नयाँ दल बनायौं- अशोक राई

2.7K
shares

जसपाका अध्यक्ष अशोक राईले अस्थिरताको शिकार मुलुक हुनु हुँदैन भन्दै नयाँ दल बनाएको बताएका छन् । विहिबार पत्रकार सम्मेलन गर्दै अध्यक्ष राईले अध्यक्ष उपेन्द्र यादवको कार्यशैली ठिक नभएको बताउँदै वैकल्पिक गठबन्धन बनाउन लागेको आरोप लगाएका छन् ।

उनले अस्थिरताको कारक नबन्न यस्तो निर्णय लिएको बताए । नजिक र टाढा गरेर व्यवहार गर्ने गरेको आरोप लगाउदै पारदर्शिता समेत नहुने गरेको बताए । यादवमाथि महाधिवेशन नै कब्जा गरेर आफ्नो मुठ्ठीभित्र पार्टी राख्न थालेको देखिएपछि आफुहरुले यस्तो कदम चालेको बताएका छन् ।

अमेरिका जानु अघि उपेन्द्र यादवले पार्टीको बिधान बिपरित निर्वाचन समिति गठन गरेर परिपत्र गरेपछि पार्टीमा यस्तो अवस्था आएको उनले बताए ।

जसपा नेपालका १२ सांसद मध्ये ७ सांसद लिएर राईको नेतृत्वमा जसपा गठन भएको छ । उपेन्द्र यादवले भने जसपाको दर्ता प्रक्रिया नै असंबैधानिक रहेको बताउदै अदालत जाने बताएका छन् ।